२९ बैशाख २०८१, शनिबार
11-05-2024 , Sat
×

८ जुवाडे प्रहरीको नियन्त्रणमा

Logo
Abc Sanchar प्रकाशित शनिबार, माघ १३, २०८०

(एबिसि संचार )                                                                सर्लाहीबाट जुवातास खेलिरहेका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हरिवन नगरपालिका-५ घुर्काैली स्थित सियाराम महतोको खेतमा निर्माण गरिएको घरमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा पुगेको इलाका प्रहरी कार्यालय हरिवनको टोलीले तास लेखि रहेको अवस्थामा आठ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।हरिवन नगरपालिका ६ का अन्दाजी ३४ वर्षीय अशोक कुमार राई, हरिवन नगरपालिका-६ कै अन्दाजी ३९ वर्षका हर्कमान तामाङ, हरिवन नगरपालिका ५ का अन्दाजी ४५ वर्षका सियाराम महतो, हरिवन नगरपालिका ५ का अन्दाजी वर्ष ३८ का मोहन प्रसाद फुयाल,हरिवन नगरपालिका ६ का अन्दाजी वर्ष २६ का साजन कुमार मोक्तान, हरिवन नगरपालिका ७ का अन्दाजी वर्ष ५० का निर्मल कुमार घिसिङ, हरिवन नगरपाकिला ६ का अन्दाजी वर्ष ३५ का श्रवण कुमार सिंह र जिल्ला लालबन्दी नगरपालिका ७ का अन्दाजी वर्ष ५२ का श्रीनारायण साहलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।उनका अनुसार तास खेलिरहेका आठ जनाको साथबाट नगर रु ३८ हजार चार सय १० र भारतीय रुपैयाँ तीन हजारका साथै मेघा बैक नेपाल लिमिटेडको पाँच थान चेकका साथै नखोलेको नौ बुक र उनीहरूले खेलिरहेको तास बरामद भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । सरूवा भएकामध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता अहिले सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

(उपेन्द्र प्रताप सिंह )                                                            बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टामा […]

(पम्पि घोष)                                                                      जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान १० लाख बराबरको अवैध कपडा बरामद गरेको छ । प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी […]