२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

८ जुवाडे प्रहरीको नियन्त्रणमा

Logo
Abc Sanchar प्रकाशित शनिबार, माघ १३, २०८०

(एबिसि संचार )                                                                सर्लाहीबाट जुवातास खेलिरहेका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हरिवन नगरपालिका-५ घुर्काैली स्थित सियाराम महतोको खेतमा निर्माण गरिएको घरमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा पुगेको इलाका प्रहरी कार्यालय हरिवनको टोलीले तास लेखि रहेको अवस्थामा आठ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।हरिवन नगरपालिका ६ का अन्दाजी ३४ वर्षीय अशोक कुमार राई, हरिवन नगरपालिका-६ कै अन्दाजी ३९ वर्षका हर्कमान तामाङ, हरिवन नगरपालिका ५ का अन्दाजी ४५ वर्षका सियाराम महतो, हरिवन नगरपालिका ५ का अन्दाजी वर्ष ३८ का मोहन प्रसाद फुयाल,हरिवन नगरपालिका ६ का अन्दाजी वर्ष २६ का साजन कुमार मोक्तान, हरिवन नगरपालिका ७ का अन्दाजी वर्ष ५० का निर्मल कुमार घिसिङ, हरिवन नगरपाकिला ६ का अन्दाजी वर्ष ३५ का श्रवण कुमार सिंह र जिल्ला लालबन्दी नगरपालिका ७ का अन्दाजी वर्ष ५२ का श्रीनारायण साहलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।उनका अनुसार तास खेलिरहेका आठ जनाको साथबाट नगर रु ३८ हजार चार सय १० र भारतीय रुपैयाँ तीन हजारका साथै मेघा बैक नेपाल लिमिटेडको पाँच थान चेकका साथै नखोलेको नौ बुक र उनीहरूले खेलिरहेको तास बरामद भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]