३० बैशाख २०८१, आइतबार
12-05-2024 , Sun
×

कञ्चनपुरमा जोखिमयुक्त औषधि बेच्ने एक मेडिकल संचालक पक्राउ

Logo
Abc Sanchar प्रकाशित शनिबार, माघ १३, २०८०

(एबिसि संचार )

कञ्चनपुरमा जोखिमयुक्त औषधि बेच्ने एक मेडिकल संचालक पक्राउ परेका छन् । कृष्णपुर नगरपालिका– २ बंकका मेडिकल व्यवसायी देवसिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीका अनुसार कृष्णपुर–२ बंकस्थित कञ्चन क्लिनिक एण्ड फार्मेसीका संचालक धामीलाई पक्राउ गरिएको हो । मेडिकलमा खानतलासी गर्ने क्रममा विभिन्न जोखिमयुक्त औषधि भेटिएपछि उनी पक्राउ परेका हुन् ।प्रहरीले उक्त क्षेत्रका ९ मेडिकलमा चेकजाँच गरेको थियो । सो क्रममा नेपाल औषधि व्यवस्था विभागले तोकेका मापदण्डविपरित औषधि बेचबिखन गर्ने गराउने र बिनाइजाजत औषधि बेचबिखन गरिरहेको पाइएकाले औषधिसहित संचालकलाई पक्राउ गरिएको प्रवक्ता डाँगीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । सरूवा भएकामध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता अहिले सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

(उपेन्द्र प्रताप सिंह )                                                            बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टामा […]

(पम्पि घोष)                                                                      जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान १० लाख बराबरको अवैध कपडा बरामद गरेको छ । प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी […]