(एबिसि संचार )
ललितपुरको नागबहालमा एक जना जर्मन नागरिक मृत फेला परेकी छन्।
सोमबार बिहान नागबहालस्थित अपार्टमेन्टमा महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए।
महिलाको सनाखत भइसकेको छैन। उनी एक वर्षदेखि त्यहाँ बस्दै आएको खुलेको छ।
महिलाको मृत्यु कसरी भएको भन्ने खुलिसकेको छैन।