२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कपिलवस्तु कृष्णनगर भन्सार कार्यालयबाटै मदिरा गायव, कर्मचारीले चोरी गरेर पिएको पुष्टि

Logo
Abc Sanchar प्रकाशित सोमबार, माघ १५, २०८०

(एबिसि संचार )

 

कपिलवस्तुको कृष्णनगर भन्सारमा मदिरा काण्ड बाहिरिएको छ । जाँचपासका लागि नियन्त्रणमा लिइएको विदेशी मदिरा भन्सारकै कर्मचारीले चोरेर पिएको प्रारम्भिक छानबिनबाट खुलेको छ ।

भारतबाट फर्किएका लाहुरेहरूको साथबाट गत साता ६० बोतल मदिरा भन्सारले जाँचपासका लागि भनेर नियन्त्रणमा लिएको थियो । त्यसमध्ये ८ वटा मदिरा चोरी गरी कर्मचारीले पिएको पुष्टि भएको छ । तर, माथिल्लो निकायलाई जानकारी नदिई सो प्रकरण डिसमिस गराउने प्रयास भइरहेको छ ।

कर्मचारीहरूकै निर्देशनमा सो मदिरा चालक वीरेन्द्र यादवले निकालेर वितरण गरेका थिए । भन्सार कार्यालय स्रोतका अनुसार भन्सार अधिकृत बासुदेव नेपाल, नासु सुर्य रेग्मी र रेवती गिरीलाई आफूले मदिरा दिएको उनले बताएका छन् ।

ताल्चा फोलेर त्यसरी मदिरा निकालिएका थिए । तर, अर्का कार्यालय सहयोगी करण यादवलाई फसाएर मुख्य कर्मचारीलाई जोगाउने प्रयास भइरहेको स्रोत बताउँछ ।

सो मदिरा जाँचपासका लागि निकाल्न कर्मचारी भोजराज रेग्मीले कार्यालय सहयोगी करण यादवलाई भनेकोमा उनले ताल्चा लगाइएको ढोका खुला रहेको र मदिरा चोरी भएको जानकारी गराएका थिए ।

यस सम्बन्धमा भन्सार प्रमुख मान बहादुर पौडेलले प्रारम्भिक छानबिन गर्दा कर्मचारीले नै मदिरा लगेको पुष्टि भइसकेको छ । तर, सोझा लाहुरेहरूलाई फकाएर कतै उजुरी नगर्न भनिएको छ ।

आफ्नो पद नै धरापमा पर्ने भएपछि भन्सार प्रमुख पौडेलले घटना लुकाएको एक कर्मचारीले बताए । कृष्णनगर भन्सारमा तस्करीको सेटिङ रहेकाले लक्ष्यअनुसार भन्सार उठाउन सकेको छैन । यसमा भन्सार प्रमुख पौडेलकै मिलेमतो रहेको स्रोत बताउँछ ।

हाल मदिरा काण्डमा मुछिएका नासु सूर्य रेग्मी यसअघि नेपालगञ्जमा हुँदा निलम्बनमा परेका थिए । फेरि सेटिङ मिलाएर भन्सारमै पुगेका उनी पुरानै धन्दामा सक्रिय छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]