०२ जेठ २०८१, बुधबार
15-05-2024 , Wed
×

लागूऔषध मुद्दामा फरार रहेका एक जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित मंगलबार, माघ १६, २०८०

(एबिसि संचार )                                                                लागूऔषध मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुर सिमरा उप-महानगरपालिका, वडा नं.११ खेस्रवल टोल बस्ने ३२ वर्षीय साधु यादव रहेका छन् ।जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार माघ १६ गते प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरी टोलीले बारा जिल्ला अदालत कलैयाबाट लागूऔषध मुद्दामा कैद जरिवाना तोकी वारदातपछि फरार रहेको निम्न यादवलाई खोजतलास गरी लुकीछिपी बसेको अवस्थाबाट पक्राउ गरिएको हो । उनलाई १ वर्ष ५ महिना ६ दिन कैद र २० हजार जरिवाना सुनाएको थियो । न्यौपानेका अनुसार यादवमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC( क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीमा जनपदत समूहतर्फ ६४ जना प्रहरी नायव निरीक्षकहरूलाई वरिष्ठ नायब निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । मंगलबार बढुवा समितिले उनीहरूलाई बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । डम्बर बहादुर थापालाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ । ओमकार चन्द, निरन्जन कुमार केसी, राधिका बस्याल र रूपक मैनाली […]

  (ABC-Sanchar) सल्यान । शिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३२ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेर आफूले आत्महत्या गरेका हुन् । केवली मात्र १३ दिनको सुत्केरी थिइन् । श्रीमतीको धारिलो हतियारले घाँटी रेटेर हत्या गरी श्रीमान् पनि घरनजिकै रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख […]

  (ABC-Sanchar) बारा । दर्श कोतवाल गाउँपालिका वडा नं ५, रुपौलिया टोलका रामनरेश प्रसाद यादव उपचारका लागि कलैया अस्पताल आउजाउ गर्न ४ सय रुपैयाँ भाडा तिर्छन् । यादव गाउँबाट अस्पताल आइपुग्दा एकदेखि डेढ घण्टा लाग्छ । ११ बजे अस्पतालको लामो लाइनमा बस्दाबस्दै रसिद काट्ने समय गुज्रिन्छ । पुनः उपचारका लागि अर्को दिन अस्पताल धाउँदा खर्च […]