२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

ठगेको आरोपमा एक जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित मंगलबार, माघ १६, २०८०

(एबिसि संचार )

पार्सल पठाइदिन्छु भन्दै ठगेको आरोपमा एक जना पक्राउ परेका छन्।

सप्तरी राजविराज नगरपालिका-१० का २६ वर्षीय डम्बर साह पक्राउ परेका हुन्।

उनलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।

उनले ह्वाट्सएप, फेसबुक, इमो लगायत सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरूलाई पार्सल पठाइदिन्छु भन्दै ठगी गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। कार्यालयमा ठगी गरेको भन्दै आउने पीडितहरू बढेपछि प्रहरीले अनुसन्धान गरिरहेको थियो। सोही क्रममा साहले ठगी गरेको खुल्न आएकाले पक्राउ गरिएको अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए।उनका अनुसार साहले दुई वर्षमा १ अर्ब ५९ करोड रूपैयाँको कारोबार गरेको खुल्न आएको छ। प्रहरीले यसमा अन्य व्यक्तिहरूको संलग्नता रहेको आशंकामा अनुसन्धान अघि बढाएको छ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]