०१ जेठ २०८१, मंगलबार
14-05-2024 , Tue
×

ठगेको आरोपमा एक जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित मंगलबार, माघ १६, २०८०

(एबिसि संचार )

पार्सल पठाइदिन्छु भन्दै ठगेको आरोपमा एक जना पक्राउ परेका छन्।

सप्तरी राजविराज नगरपालिका-१० का २६ वर्षीय डम्बर साह पक्राउ परेका हुन्।

उनलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।

उनले ह्वाट्सएप, फेसबुक, इमो लगायत सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरूलाई पार्सल पठाइदिन्छु भन्दै ठगी गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। कार्यालयमा ठगी गरेको भन्दै आउने पीडितहरू बढेपछि प्रहरीले अनुसन्धान गरिरहेको थियो। सोही क्रममा साहले ठगी गरेको खुल्न आएकाले पक्राउ गरिएको अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए।उनका अनुसार साहले दुई वर्षमा १ अर्ब ५९ करोड रूपैयाँको कारोबार गरेको खुल्न आएको छ। प्रहरीले यसमा अन्य व्यक्तिहरूको संलग्नता रहेको आशंकामा अनुसन्धान अघि बढाएको छ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकका सचिवालयमा कार्यरत एसएसपी कार्कीलाई प्रहरी केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकेको हो । प्रहरीद्वारा सम्पादित जनसरोकारका काम-कारबाहीलाई यथार्थ तथा तथ्यगतरुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि एसएसपी कार्कीलाई प्रवक्ताको जिम्मेवारी तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक कार्कीलाई ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने जनाइएको छ । रासस

  (ABC-Sanchar) दाङ । माण्डबी गाउँपालिका–२ तिराम प्युठानका २४ वर्षीय श्याम नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घोराही उपमहानगरपालिका–३ भानपुर चोकस्थित सञ्जीवनी मेडिकलको नयाँ भवनको छत ढलान गर्ने क्रममा आइतबार राति करेन्ट लागेर नेपालीको मृत्यु भएको हो । प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएका नेपालीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु […]

  ABC (क्राईमबिट) सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिका–६ घर भई काठमाडौं माकलबारी बस्ने १९ वर्षीया अञ्जली अधिकारी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार माकलबारीबाटै पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल स्ट्रिप च्याटमार्फत उनले यौन व्यवसाय सञ्चालन गरेको प्रहरीको आरोप छ । आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई प्रलोभनमा पारी अनलाइन टाइपिङको […]