२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

जुम्लामा आज बिहानैदेखि हिमपात

Logo
Abc Sanchar प्रकाशित बिहिबार, माघ १८, २०८०

(एबिसि संचार )

जुम्लामा आज बिहानैदेखि हिमपात भएको छ।

हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो। सदरमुका खलङ्गामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ।

ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएको जिल्लाको तिला गाउँपालिमा–१ का स्थानीय बासिन्दा पार्वती बुढाले जानकारी दिइन्।

यस वर्षको हिउँदेयामको पहिलो हिमपात हो। अहिले हिमपात भइरहेको छ। माघको महिना लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने किसान चिन्तामा थिए। जौ र गहुँबाली लगाएका किसान भने यो हिउँले निकै राहत भएको कृषि विकास कार्यालयले जनाएको छ।स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिउँले सहज हुने कृषि उद्यमी गोपाल रोकायाको भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले बिहान कोशी, मधेस प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा छ । यस्तै, आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ भने […]

(एबिसि संचार )                                                                हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभरको मौसममा आंशिक बदलीदेखि […]

(एबिसि संचार )                                                                    हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि देशभर आंशिक […]