०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण

Logo
Abc Sanchar प्रकाशित मंगलबार, बैशाख २५, २०८१

(एबिसि संचार )                                                                काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।जहाज क्याप्टेन लबिस चन्दले उडाएका थिए। कलाकार शान्ति श्री परियारले कठिन अवस्थामा जहाज जनकपुर अवतरण भएको बताइन्।उनले सामाजिक सञ्जालमा लेखेकी छिन्- ‘धन्यवाद क्याप्टेन लबिस चन्द, प्लेनमा रहेका हामी सबैले ७५ प्रतिशत जिन्दगी छोडेका थियौँ, हजुरले आफ्नो प्रयास जारी राख्नु भो र गन्तव्यभन्दा फरक ठाउँमा अवतरण भयो तर सबैलाई नयाँ जीवन त दिनुभयो नि ।’जिल्ला प्रहरी कार्यालय धनुषाले जहाज आकस्मिक अवतरण भएको जानकारी आएपनि थप विवरण प्राप्त नभएको बतायो । सोमबार साँझ राजधानीसहित देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षा भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) काठमाडौं । पक्राउ पर्नेमा २१ वर्षीय सचिन परियार, १६ वर्षीया अन्जली श्रेष्ठ, २१ वर्षीया बसुन्धरा कार्की, ५६ वर्षीया नुनमाया कार्की, २१ वर्षीय बुद्ध लामा, ३० वर्षीय अमृत तामाङ र एक जना १३ वर्षीय नाबालक रहेका छन् । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई अस्ट नारायण हल पछाडि, २२ धारा जङ्गलबाट भाग्न लागेको अवस्थामा […]

(ABC-Sanchar) काठमाडौं । सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो । अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ । डोजर चलाइँदा सवारी आवागमन पनि असहज भएको छ । काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बालेन शाहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान चलाएका छन् । […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षकको मिति २०८१/०१/२६ गतेको निर्णयानुसार जिल्ला प्रहरी कार्यालय हुम्ला अपराध नियन्त्रण तथा अनुसन्धान शाखाबाट नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीमा सरूवा भई आज मिति २०८१/०२/०६ गते हाजिर हुन आउनु भएका प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डम्बर बहादुर बि.क. ले खादा र अभिर लगाई […]