२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

६ सय जनालाई ठगेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ

Logo
Abc Sanchar प्रकाशित बिहिबार, माघ १८, २०८०

(एबिसि संचार )                                                              विदेश पठाइदिन्छु भनेर ६ सय जना भन्दा बढी मानिसलाई ठगी गरेको आरोपमा प्रहरीले एकजना कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा ललितपुरको कोन्ज्योसोम गाउँपालिका-४ घर भई इमाडोल बस्ने ३२ वर्षीय विकास वाइबा भनिने सुजन तामाङ छन्।

उनले बालाजुमा युरो विङ्ग्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरेका थिए। त्यहाँबाट मानिसहरूलाई युरोपियन मुलुकहरू माल्टा, पोल्याण्ड, क्रोएशिया र क्यानडा लगायतका देशहरू पठाइदिन्छु भनेर लाखौं ठगी गरेको  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्रले जानकारी दिए।

सयौं मानिसहरूले उजुरी दिएपछि उनीविरूद्ध तामाङविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी भएपछि फरार रहेकोमा बुधबार ललितपुरको पुल्चोकबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]