(सागर थापा ) खाना पकाउने क्रममा कपडाबाट आगो सल्केर दाङको तुलसीपुरमा एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुईयाँका ४४ वर्षकी लक्ष्मी चौधरीको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता नवचन्द्र मल्लले जानकारी दिए ।बिहीवार साँझ पौने ८ बजेतिर चौधरीले घरमा दाउरा बालेर चुलोमा खाना पकाउने क्रममा कपडाबाट शरीरमा आगो सल्किएको थियो ! प्रहरी टोली घटनास्थल पुग्दा चौधरीलाई मृत अवस्थामा फेला पारेको थियो ।