२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड

Logo
Abc Sanchar प्रकाशित शनिबार, माघ २०, २०८०

(एबिसि संचार )

दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड दिएको जनाइएको छ ।

समाचारमा जनाइएअनुसार झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद भयो । त्यसपछि उनले छोराछोरीको हत्या गर्ने षड्यन्त्र गर्न थालेको उनीमाथि आरोप थियो । चीनको सर्वोच्च अदालतले आफ्नो आदेशमा यस कार्यलाई ‘बर्बर’ भनेको छ । दुवैलाई बुधबार मृत्युदण्ड दिइएको हो । तर, मृत्युदण्ड कसरी दिइयो भन्ने स्पष्ट छैन ।अदालतको सुनुवाइका क्रममा झाङले आफ्नो विवाह र परिचय लुकाएर अफेयर सुरु गरेको खुलासा भएपनि थाहा पाएपछि पनि यीले उनलाई भेट्ने क्रम जारी राखे । झाङले सन् २०२० को फेब्रुअरीमा आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद गरे तर यी दुई छोराछोरीलाई विवाहको सबैभन्दा ठूलो बाधक मानेका थिए ।यसका लागि यीले झाङलाई बच्चाहरूलाई मार्न दबाब दिएकी थिइन् । नोभेम्बर २, २०२० मा, झाङले आफ्ना दुवै बच्चाहरूलाई १५औँ तलाको अपार्टमेन्टको झ्यालबाट फ्याँकिदिएको समाचारमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!