(एबिसि संचार ) नेपाल प्रहरीले साढे ४ किलोग्राम चरेशसहित एकजना महिलालाई पक्राउ गरेको छ ।प्युठान गौमुखी गाउँपालिका– ३ की ३८ वर्षीय बासु घर्ती मगरलाई जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले शनिवार पक्राउ गरेको हो ।उनलाई रुकुमबाट भारत लैजाँदै गरेको ४ किलो ६४६ ग्राम लागुऔषध चरेशसहित कपिलवस्तुको कृष्णनगर बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर वलीले जानकारी दिए ।