२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

हुम्लामा बिहानैदेखि हिमपात,

Logo
Abc Sanchar प्रकाशित आइतबार, माघ २१, २०८०

(एबिसि संचार )                                                                यस वर्ष जिल्लामा चौथोपटक हिमपात भएको हो । शनिवार दिउँसो घाम लागेको भए पनि राति एक्कासि मौसममा फेरबदल भई बाक्लो बादल लागेर आज बिहानदेखि हिमपात भइरहेको छ ।

बिहानदेखि हिमपात भइरहँदा सदरमुकाम सिमकोटमा एक इञ्च बढी हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा दुई इञ्च बढी हिउँ जमेको लिमी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी गोखर भण्डारीले बताए ।स्वास्थ्यकर्मी भण्डारीका अनुसार लिमीमा अत्यधिक चिसो बढेकाले जनजीवन कष्टकर बनाएको छ । चिसोले लिमीका स्थानीयलाई समस्या बनाएको उनले बताए ।चिसोका कारण घर बाहिर निस्कन र हिँड्डुल गर्न समस्या बनाएको उनले जानकारी दिए । उत्तरी नाम्खा गाउँपालिकाको लिमी, हिल्सा, नारालेख, याङ्गारलगायतका उच्च भागमा बाक्लो हिउँ जम्नुका साथै हिमपात भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(सैलेस बम ) दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । यहाँस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि भन्सार छली ल्याइएको खाद्य तथा दैनिक उपभोग्य तथा अन्य सामग्री गरी रु ७७ लाख ५१ हजार तीन सय ४६ मूल्य बराबरको सामान […]

(एबिसि संचार )                                                                प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसीबी […]

(रबि बर्णवाल ) वीरगन्जमा रहेको नबिल बैंकबाट एक करोडभन्दा बढी रकम चोरी भएको छ ।आइतबार राती बैंकबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएपछि बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ। वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।