२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

बर्दिया जिल्लामा तीनवटा जबरजस्ती करणीका घटना सार्वजनिक

Logo
Abc Sanchar प्रकाशित आइतबार, माघ २१, २०८०

(एबिसि संचार )                                                              बर्दिया जिल्लामा तीनवटा जबरजस्ती करणीका घटना सार्वजनिक भएका छन् । एक वृद्धासहित दुई जना किशोरमाथि जबरजस्ती करणी भएको नेपाल प्रहरीले जानकारी दिएको हो ।६८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-११ मिलन चोक बस्ने ३० वर्षीय रामकिसुन थारूलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थारूले सोही नगरपालिका-११ बिजयनगरस्थित कपास विकास फारममा गत १४ गते ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसैगरी बर्दियाकै १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका-४ कैलाशनगर बस्ने ६७ वर्षीय पंम बहादुर रानाभाटलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रानाभाटले ती बालिकालाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै बर्दियामै १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-६ महुवा बस्ने १५ वर्षीय किशोरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । ती किशोरले ललाई फकाई बाँके नेपालगंज उपमहानगरपालिका-१ बेलासपुरस्थित दाजु नाता पर्ने व्यक्तिको कोठामा लगी माघ ४ देखि १४ गतेसम्म जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत मुख्य नाका जमुनाहमा केही दिनअघि चेकजाँचका क्रममा सशस्त्र प्रहरीका पुरुष जवान र स्थानीय महिलाबीच हातपात भएपछि सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरीले नाकामा *महिला सशस्त्र प्रहरी* खटाएको छ। *के भएको थियो:* 1. *घटनाको पृष्ठभूमि*: जमुनाह नाकाबाट दैनिक घरायसी सामान लिएर ओहोरदोहोर गर्ने महिलाहरूको संख्या ठूलो छ। पुरुष सुरक्षाकर्मीले महिलाको झोला/शरीर जाँच […]

काठमाडौं । वैशाख २८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा एक कार्यक्रमबीच *सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। *पदोन्नति भएका अधिकृतहरू:* 1. *सशस्त्र प्रहरी नायव महानिरीक्षक (DIG) पदमा* बढुवा भएका अधिकृतहरू 2. *सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (SSP) पदमा* बढुवा भएका अधिकृतहरू सरकारको मन्त्रिपरिषद् बैठकले वैशाख […]

मोरङको सीमा इलाकाबाट सशस्त्र प्रहरीले # काठमाडौं । वैशाख २७ गते राति सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको संयुक्त टोलीले गस्तीका क्रममा शंकास्पद व्यक्तिलाई चेकजाँच गर्दा उक्त रकम फेला पारेको हो। *के भयो:* 1. *बरामदी*: झोलामा लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको ५०० दरका नोट – ४ हजार थान, कुल २० लाख […]

error: Content is protected !!