(एबिसि संचार ) बैंकिङ्ग कसुर मुद्दामा ३ वर्ष कैद सजाय तोकिएकी फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा घर भएकी ४५ वर्षीया मन्दिरा केसी (कार्की) छन् ।२९ वैशाख २०७१ मा उच्च अदालत पाटनले उनीविरुद्ध ३ वर्ष कैद र ४ करोड रुपैयाँ जरिवाना हुने ठहर गरेपछि उनी फरार थिइन् । उनलाई काभ्रेको बनेपाबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले जनाएको छ ।