२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सिक्री काण्डले प्रहरी जवानको जागिर पद चैट!

Logo
Abc Sanchar प्रकाशित सोमबार, माघ २२, २०८०

(एबिसि संचार )                                                                कञ्चनपुरमा सुनको सिक्री काण्डले एक प्रहरी जवानको पद चैट भएको छ।घटना २०८० असोज ६ गते साँझको हो। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित गोलमोल चौकमा स्थानीयहरुबिच आपसमा झगडा भयो। कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियाका गणेशराज भट्टले लगाएको सुनको सिक्री झगडाकै क्रममा घाटीबाट खसेको थियो। खोजी गर्नेक्रममा स्थानीयले नै घटनास्थलबाट उक्त सुनको सिक्री फेला पारेका थिए।उनीहरुले तत्काल प्रहरी चौकी बागफाँटा कञ्चनपुरमा कार्यरत प्रहरी जवान नरेन्द्र नाथलाई सिक्री बुझाएको खुल्न आएको छ। सुनको सिक्री बुझ्न गणेशराज भट्ट प्रहरी जवानी नाथ समक्ष पुगेका थिए। तर उक्त सुनको सिक्री टुक्राटुक्रा पारी पटकपटक बुझाएको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा गुनासो गरिएको थियो। सो विषयमा प्रहरीले छानविन गर्दा प्रहरी जवान नाथले सुरक्षितसाथ सिक्री सम्बन्धित व्यक्तिलाई बुझाउनुपर्नेमा उक्त सुनको सिक्री नियतबस टुक्राटुक्रा पारी पटकपटक गरी सम्वन्धित व्यक्तिलाई बुझाएको भन्दै उनको कार्यसम्पादन सन्तोषजनक नपाइएको, पदीय आचरण विपरीत अनुशासनहिन काम गरेको प्रहरी अनुसन्धानबाट खुलेपछि प्रहरी जवान नाथलाई मंसिर १२ गते प्रहरी नियमावली २०७१ बमोजिम अभिलेखमा रहने गरी पहिलो पटक नसिहद दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

साथै प्रहरी जवान नाथलाई भोलिपल्ट मंसिर १३ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट सम्वन्धित दरबन्दी जिल्ला प्रहरी कार्यालयमा रवाना गरी पठाइएको उल्लेख छ। प्रहरी जवान नाथ बाजुराबाट विदामा रहेको समयमा २०८० पौष २२ गते दिउँसो प्रहरी कार्यालय कञ्चनपुर आएर आफुखुसी प्रहरी हिरासत कक्षमा पुगेर विभिन्न कसुर सम्वन्धि मुद्दाका थुनुवाहरुलाई सुर्ती, गुट्खाजन्य पदार्थ दिइरहेको अवस्थामा प्रहरी कार्यालयका फिल्ड अधिकृतले उनलाई यस्तो कार्य नगर्न र उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाजुरालाई लेखिपठाएको समेत डाँगीले बताए।

प्रहरी जवान नाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत समेत नभएको उनले बताए। साथै उनको राजीनामाको विषयमा समेत कञ्चनपुर प्रहरीलाई जानकारी छैन्। पौष २२ गते प्रहरी जवान नाथले आफु निर्दोष हुँदाहुँदै पनि प्रहरी निरीक्षकको यातनाले जागिर छोड्न बाध्य भएको आरोप लगाइरहेका बेला यस विषयमा बाजुरा प्रहरीलाई बुझ्दा प्रहरी जवान नाथले पौष ८ गते नै जागिरबाट राजीनामा दिएर गएको खुल्न आएको छ। उनलाई समस्या परेको भए गुनासो सुन्ने अधिकार समक्ष आउनुपर्नेमा अहिलेसम्म नआएको समेत जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]