२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

डीआईजी चन्दको राजीनामा अस्वीकृत

Logo
Abc Sanchar प्रकाशित सोमबार, माघ २२, २०८०

(एबिसि संचार )

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दको राजीनामा ‘रितपूर्ण’ नभएको भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले फिर्ता गरिदिएको छ ।

मानव स्रोत विभागमा पुगेको उनको राजीनामाको पत्र रितपूर्वक नभएकलो फिर्ता गरिदिएको एक उच्च प्रहरी अधिकृतले बताए । गएको शनिबार उनले राजीनामा दिएको विषय सार्वजनिक भएको थियो ।घरायसी’ कारण देखाउँदै उनले राजीनामा दिएको पत्र आइतबार प्रहरी प्रधान कार्यालयको मानवस्रोत विभागमा पुगेको थियो । सोमबार प्रहरी महानिरीक्षक आईजीपी वसन्तबहादुर कुँवर, मानवस्रोत विभागका प्रमुख एआईजी टेकप्रसाद राईलगायतले उनीसँग छलफल गरेर राजीनामा नदिन सुझाएका थिए ।छलफलमा सहभागी एक अधिकृतका अनुसार, २९ वर्ष प्रहरी सेवामा बिताएपछि केही महिना बाँकी रहँदा राजीनामा दिँदा राम्रो सन्देश नजाने भन्दै आईजीपी कुँवरले उनलाई निर्णय फिर्ता लिन भनेका थिए । डीआईजी चन्द कुँवरकै ब्याचमेट हुन् ।

लामो छलफलपछि मानवस्रोत विभागका प्रमुख राईले ‘राजीनामाको पत्र समेत रितपूर्वक नभएको’ बताएका थिए । त्यसपछि उनलाई महानिरीक्षक कुँवरले बरु केही दिन बिदा बस्न भनेको स्रोतले बतायो । ‘उहाँलाई १० दिन बिदा बसेर आउन भनिएको छ’, स्रोतले भन्यो ।

विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीच कुटपिट भएको घटनामा डीएसपी, असई र जवानलाई कारबाहीको सिफारिस भएपछि उनी रुष्ट थिए । त्यसअघि पनि उनले डीआईजीहरुको सरुवामा प्रदेशको नेतृत्व खोजेका थिए । तर, पाएका थिएनन् ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।