२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपाल प्रहरी नै छैनन् सुरक्षित महिला प्रहरीमाथि ड्युटीमै हातपात!

Logo
Abc Sanchar प्रकाशित मंगलबार, माघ २३, २०८०

(एबिसि संचार )                                                              कञ्चनपुरमा प्रहरीसमेत असुरक्षित रहेको तथ्य फेला परेको छ।जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत तल्लो तहका कर्मचारीहरू असुरक्षित रहेको तथ्य फेला परेको हो। उनीहरू प्रहरीका उच्च अधिकारीबाटै असुरक्षित हुने गरेको घटनाक्रमले देखाएको छ। प्रहरी चौकी बागफाँटामा कार्यरत प्रहरी जवान नरेन्द्र नाथको सरुवापछि राजीनामाको घटना सेलाउन नपाउदै अर्को घटना बाहिर आएको छ। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी निरीक्षक विनु शाहीले नाथलाई यातना दिएको आरोप लगाएका बेला अर्की जवानले पनि जिल्लाको नेतृत्वका कारण आफू असुरक्षित भएको गुनासो गरेकी छन्।
महिला प्रहरीमाथि हातपात
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा दरबन्दी रहेकी एक महिला प्रहरी माघ १० गते होटेल ओपोरा क्षेत्रमा ड्युटीमा थिइन। साँझ साढे ७ बजेको समयमा भारतीय नम्बरको मोटरसाइकल र नेपाली नम्बरको मोटरसाइकल आपसमा ठोक्किए। दुर्घटनाको कारण थियो, सडकको बिचमा रहेको एक गाडी बिएसी ६७२० नम्बरको गाडी बिच सडकमा पाकिङ्गमा राखिएको थियो।गाडी धनी हुन् तेजबहादुर चन्द। महिला प्रहरीका अनुसार चन्द व्यवसायी हुन्। ड्युटीमा रहेका महिला प्रहरीले बिच सडकमा रहेको गाडी हटाउन अनुरोध गरे। तर, चन्दसहितका व्यवसायीहरूले उल्टै मजाक उडाए। उल्टै बिच सडकमा गाडी पाकिङ्ग गरेका व्यवसायी चन्दले महिला प्रहरीमाथि हातपातसमेत गरे। ति प्रहरीले भनिन, ‘एपसीकोमा लैजान्छु भन्नुभयो। हात समातेर लैजानुभयो। एसपीको गाडी हो, भन्नुभयो। मेरो शरीरमा समातेर गाडीमा हाल्न खोज्नुभयो। मैले सेटमार्फत जिल्लामा खबर गरे।’ जिल्लामा दरबन्दी रहेकी महिला प्रहरी वडामा कार्यरत रहेकी थिइन। उनलाई जिल्ला बोलाइयो। सुरुमा प्रहरी निरीक्षक विनु शाहीले केरकार गरिन्। महिला प्रहरीले घटनाको विस्तृत जानकारी गराइन। आफूमाथि सडकमा हातपात भएकोसमेत बताइन्। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख कमल थापालाई समेत घटनाको बारेमा जानकारी भयो।एक घण्टा सडकको बिचमा रोकिएको गाडीको विषयमा प्रहरीको जिल्ला प्रमुख जानकार थिए। उनले पनि महिला प्रहरी कर्मचारीमाथि भएको घटनाको बारेमा चाँसो दिएनन्। प्रहरीको मोबाइल टोली आएर महिला कर्मचारीलाई जिल्ला बोलाइएको थियो। उनले भनिन्, ‘मलाई विनु शाहीले बोलाउनुभयो। म भित्र गए। मलाई घटनाको बारेमा भिडियोमा बोल्न लगाउनुभयो। व्यापारी चन्द नाता पर्ने हो, घटना अगाडी नबडाउन भन्नुभयो। मलाई साथ दिनु भएन्। उल्टै व्यवसायीको पक्षमा उहाँहरू लाग्नुभयो।’

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख कमल थापा र प्रहरी निरीक्षक विनु शाहीका कारण सडकमा हातपात हुँदा पनि न्याय नपाएको ति महिला कर्मचारीले गुनासो गरेकी छन्। उनले भनिन्, ‘१६ वर्षसम्म जागिर खाए, अहिलेसम्म यस्तो भएको थिएन। मैले बिच सडकमा रहेको गाडी हटाउन मात्र भनेको थिए। हातपात भयो। तर, मेरो जिल्लाका हाकिमहरूले उल्टै उहाँको संरक्षण गर्नुभयो।

सडकमा हात समातेर तानेको विषयमा न्याय पाएन। उल्टै मलाई स्पष्टीकरण सोधिएको छ।’ माघ १० गतेको घटनालाई लिएर अहिलेसम्म तनाव दिने गरेको ति महिलाले गुनासो गरेकी हुन्। न्याय नपाएको भन्दै अन्य ठाउँ तथा प्रदेश प्रहरी प्रमुखसम्म गुनासोसहित गएपछि राजीनामा दिन भन्दै आएको उनले बताइन।
कारबाही हुन्छः एसपी थापा
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले उनलाई कारबाही हुने बताएका छन्। प्रहरी निरीक्षक विनु शाहीको विषयमा सामाजिक सञ्जालमा लेखेकाले उनलाई कारबाहीका लागि स्पष्टीकरण सोधिएको थापाले बताए। थापाले भने, ‘कारबाही हुन्छ। प्रहरीको विरुद्ध स्टाटस लेख्नु भएको छ। हाम्रो मिडिया नीति हुन्छ। उहाँले स्टाटस लेख्नु भएको छ। कारबाही त हुन्छ। प्रहरी कर्मचारीलाई पुरस्कार हुन्छ। कारबाही सबै हुन्छ। तर, हामीले उहाँको जागिर खाने चै होइन। बरखास्त गर्ने भन्ने पनि होइन।’(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]