२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सुतिरहेका वृद्धा महिलामाथि धारिलो हतियार प्रहार,

Logo
Abc Sanchar प्रकाशित बुधबार, माघ २४, २०८०

(एबिसि संचार )                                                                  दैलेख प्रहरीले ज्यान मार्ने उद्योग घटनामा संलग्न कानुनको विवादमा परेका दुई बालकलाई पक्राउ गरेको छ । प्रहरीले ती बालकहरूको पहिचान भने गोप्य राखेको छ  । उनीहरूको परिवर्तित नामथर वर्ष १४ को दैलेख–३९ र वर्ष १५ को दैलेख—३५ राखिएको छ ।माघ १९ गते राति महावु गाउँपालिका–१, दवडा स्थित आफ्नै घरमा खुद्रा पसल गर्ने ७५ वर्षीय मिनादेवी शर्मा आफ्नै पसलमा सुतिरहेको बेला उनीहरुले धारिलो हतियार खुर्पा हँसिया, बियरको बोतल र काठको गरालोले टाउको, ढाड, छाती, हात खुट्टा तथा अनुहारमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घटना लगत्तै जिल्ला प्रहरी कार्यालय, दैलेखबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको कमान्डमा १५ जनाका टोली तत्काल घटनास्थलमा परिचालन भएको थियो ।घाइतेलाई तत्काल जिल्ला अस्पताल दैलेखमा पठाई सामान्य उपचार पश्चात् थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल वीरेन्द्रनगर सुर्खेतमा पठाइएको थियो । अहिले पनि उनको आइसियुमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए उनीहरूमाथि ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत दैलेखबाट पहिलो पटक पाँच दिनको म्याद थप अनुमति प्राप्त भई बाल निगरानी कक्षमा राखी अनुसन्धान भइरहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]