(एबिसि संचार ) नुवाकोटको ककनी गाउँपालिका–४ का सूर्यबहादुर तामाङलाई अपहरण गरेर रु सात लाख फिरौती लिन आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा जिल्लाको ककनी गाउँपालिका–४ का राजकुमार तामाङ र शिवपुरी गाउँपालिका–८ का चन्द्रबहादुर तामाङ रहेका छन् ।नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार गत सोमवार राति बिरामी लिन आफ्नो घर काहुलेबाट ककनी जाने क्रममा सूर्यबहादुर अपहरणमा परेका थिए । उनलाई नियन्त्रणमा लिएर सात लाख रुपैयाँ फिरौती लिन आएका दुई जनालाई पक्राउ गरिएको र घटनामा संलग्न अन्य फरार भएकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।