०३ बैशाख २०८१, सोमबार
15-04-2024 , Mon
×

ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किदा पाठकको मृत्यु

Logo
Abc Sanchar प्रकाशित आइतबार, फाल्गुण २०, २०८०

 

(तेज ओलि)
दाङको तुलसीपुरमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आइतबार बिहान साढे ११ बजेतिर तुलसीपुरबाट नेपालगञ्ज तर्फ जाँदै गरेको बागमती प्रदेश ०१००३ क ९७५६ नम्बरको मालबाहक ट्रकले विपरित दिशाबाट आउँदै गरेको भे १२ प ३४२२ नम्बरको मोटरसाइकललाई तुलसीपुर १२ सितलपुर नजिकै ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी नवचन्द्र मल्लले जानकारी दिए ।

मृत्यु हुनेमा जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालिका १ साईगाँउ निवासी अन्दाजी ३३ वर्षीय सुरेश चन्द पाठक रहेका छन् गम्भीर घाइते भएका पाठकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा साढे १२ .३०  बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]

(एबिसि संचार ) जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको मृत्यु भएको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले पुष्टि गर्दै परिचय नखुलेका ट्र्याक्टर […]

(एबिसि संचार ) अछाममा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सोमबार बिहान जिल्लाको मेल्लेख गाउँपालिकामा सुदूरपश्चिम प्रदेश ०१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक अर्जुन साउँदले जानकारी दिए ।