२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

जनता समाजवादी पार्टी नेपाल तत्काल सरकारमा नजाने

Logo
Abc Sanchar प्रकाशित बुधबार, फाल्गुण २३, २०८०

(एबिसि संचार )                                                         जनता समाजवादी पार्टी नेपाल तत्काल सरकारमा नजाने भएको छ । बालुवाटारमा बसेको गठबन्धनको बैठकमा कुरा नमिलेका कारण तत्काल सरकारमा नजाने भएको हो ।       जसपाका कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह यादवले आफूहरुका लागि मधेश प्रदेशको सरकार सुनिश्चित नभएका कारण तत्काल सरकारमा नजाने बताए । उनले भने, ‘हाम्रो बटमलाइन भनेको मधेश प्रदेश सरकार हो तर अहिलेसम्म त्यो सुनिश्चित भएको छैन, त्यहाँको सरकार के हुने हो, त्यसको पनि ग्यारेन्टी नभएको कारण तत्कालै सरकारमा जाँदैनौ ।’नेकपा (एस) सरकारमा जाने नजाने निश्चित नभएका कारण मधेश प्रदेशमा गठबन्धन सरकार अन्योलनमा देखिएको छ । अहिलेको गठबन्धनबाट मधेश प्रदेशको सरकारलाई टिक्न सक्ने देखिदैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!