१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

जनता समाजवादी पार्टी नेपाल तत्काल सरकारमा नजाने

Logo
Abc Sanchar प्रकाशित बुधबार, फाल्गुण २३, २०८०

(एबिसि संचार )                                                         जनता समाजवादी पार्टी नेपाल तत्काल सरकारमा नजाने भएको छ । बालुवाटारमा बसेको गठबन्धनको बैठकमा कुरा नमिलेका कारण तत्काल सरकारमा नजाने भएको हो ।       जसपाका कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह यादवले आफूहरुका लागि मधेश प्रदेशको सरकार सुनिश्चित नभएका कारण तत्काल सरकारमा नजाने बताए । उनले भने, ‘हाम्रो बटमलाइन भनेको मधेश प्रदेश सरकार हो तर अहिलेसम्म त्यो सुनिश्चित भएको छैन, त्यहाँको सरकार के हुने हो, त्यसको पनि ग्यारेन्टी नभएको कारण तत्कालै सरकारमा जाँदैनौ ।’नेकपा (एस) सरकारमा जाने नजाने निश्चित नभएका कारण मधेश प्रदेशमा गठबन्धन सरकार अन्योलनमा देखिएको छ । अहिलेको गठबन्धनबाट मधेश प्रदेशको सरकारलाई टिक्न सक्ने देखिदैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ ग्रहणको कार्यक्रम […]

(एबिसि संचार ) नागरिक उन्मुक्ति पार्टीका दुई समूहबीच कुटाकुट भएको छ । रेशम चौधरी र पत्नी रञ्जिता श्रेष्ठबीचको विवादले विभाजनको मुखमा पुगेको नागरिक उन्मुक्तिको अनामनगरस्थित पार्टी कार्यालयमै कुटाकुट भएको हो । बैठक बसिरहेका बेला रेशम र रञ्जिता पक्षका नेताहरुबीच हात हालाहाल भएको हो । रञ्जिता वर्तमान गठबन्धन सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् भने रेशम प्रतिपक्षमा […]

(एबिसि संचार )                                                        नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित शर्मालाई […]