२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

चीनबाट आएको ‘ड्रिलिङ’ मेसिनका सामान रुपैडिया नाकामा अड्किए

Logo
Abc Sanchar प्रकाशित बिहिबार, फाल्गुण २४, २०८०

(एबिसि संचार )                                                       दैलेखको पञ्चकोशी क्षेत्रमा भइरहेको पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’ कालागि चीनबाट ल्याइएका मेसिनहरु नेपालगंजको रुपैडिया नाकामा रोकिएका छन् ।अर्थ मन्त्रालयले भन्सार छुटका लागि गर्नुपर्ने आवश्यक निर्णय नगरिदिँदा भारतको कोलकाता बन्दरगाह हुँदै नेपाल ल्याउन लागिएका ती मेसिन रुपैडिया नाकामा अड्किएका हुन् । पेट्रोलियम अन्वेषण तथा प्रवर्द्धन केन्द्रका सिनियर डिभिजनल जियोलोजिष्ट डा. गणेशनाथ त्रिपाठीका अनुसार अर्थ मन्त्रालयबाट नेपालगंज भन्सार कार्यालयमा पत्र पठाउनुपर्ने तर अझैसम्म नपठाएका कारण सामानहरु रोकिएको हो ।ती सामान भन्सार छुटमा ल्याउने हो, त्यसका लागि अर्थ मन्त्रालयबाट निर्णय भइ सम्बन्धित भन्सार कार्यालयमा पत्र लेख्नुपर्ने हुन्छ,’ त्रिपाठीले रातोपाटीसँग भने, ‘यदि त्यसो नगरे भन्सार कार्यालयले भन्सार शुल्क लगाउँछ, अर्थ मन्त्रालयले पत्र लेखेपछि भन्सार छुटमा त्यहाँबाट सामान आफ्नो गन्तव्यमा लैजानुपर्छ ।’यस विषयमा यसअघि एक पटक निर्णय भइसकेको हो । तर निर्णयमा आयातकर्ताको नाममा केही त्रुटि भएपछि प्राविधिक समस्या भएको हो । पहिला आयातकर्ता भनेर चाइना जियोलोजिक सर्भेको नाममा निर्णय भइ भन्सारमा पठाइएको थियो ।

पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेश कुमार नापितका अनुसार भन्सार कार्यालयले ‘यो परियोजना र खानी विभागको नाममा लेखौँ’ भन्यो । भन्सारले भनिसकेपछि  खानी तथा भूगर्भ विभागले नाम सच्याइ माघ २१ गते अर्थ मन्त्रालयमा पठाएको थियो । तर अहिलेसम्म निर्णय नगर्दा समस्या भइरहेको उनले बताए ।

‘खाली नाम रिप्लेक्स गर्ने कुरामा मन्त्रालयले निर्णय गरिदिएको छैन,’ उनले रातोपाटीसँग भने, ‘उताबाट सेड्युल अनुसार सामान आइरहेको छ । सामान उनीहरु (चाइना) कै हो, त्यही नामबाट भन्सार विभागले काम गरिदिएको भए पनि समस्या हुन्थेन ।’

‘ड्रिलिङ’का लागि ल्याइएका ती मेसिन निकै ठुला छन् । कोलकाता बन्दरगाहबाट मंगलबारसम्म १० वटा ट्रकमा मेसिनका सामान रुपैडिया आइसकेको छ । एक महिना पहिला नै चाइनाबाट हिँडेका ती मेसिन मंगलबार रुपैडिया आइपुगेका हुन् ।

सरकारी स्तरबाटै निर्णयमा ढिलाइ हुँदा ‘ड्रिलिङ’को काममा पनि ढिलाइ हुने उनले बताए ।

‘ड्रिलिङ’ का लागि दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा चिनियाँ प्राविधिकको टोलीले क्याम्प निर्माण गर्नुका साथै मेसिन ल्याएर राख्ने ठाउँ सम्याउने, बाटो निर्माण लगायतका काम गरिरहेको छ ।

पूर्वाधार तयारीको करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको छ भने अब मेसिनरी काम मात्रै बाँकी छ । मेसिन जडान गर्दै ‘ड्रिलिङ’ गर्नुपर्ने हुन्छ । उक्त स्थानमा करिब ४.५ किलोमिटर गहिराइमा ‘ड्रिलिङ’ गरिनेछ । ‘ड्रिलिङ’ पश्चात मात्रै पेट्रोलियम भण्डारण पत्ता लाग्ने छ ।

समयमै भन्सारबाट सामान पार गराइएको भए केही दिनमै पहिलो लटको सामान दैलेख पुग्थ्यो । मेसिन नेपालगंज, वीरेन्द्रनगर हुँदै कर्णाली राजमार्ग अन्तर्गत चामुण्डाबिन्द्रासैनीको साङ्गेतडा पुग्छ । त्यहाँबाट मध्यपहाडी मार्ग हुँदै जलजलेमा पुग्ने छ ।

समयमै भन्सारबाट सामान पार गराइएको भए केही दिनमै पहिलो लटको सामान दैलेख पुग्थ्यो । मेसिन नेपालगंज, वीरेन्द्रनगर हुँदै कर्णाली राजमार्ग अन्तर्गत चामुण्डाबिन्द्रासैनीको साङ्गेतडा पुग्छ । त्यहाँबाट मध्यपहाडी मार्ग हुँदै जलजलेमा पुग्ने छ ।

दैलेख सदरमुकाम हुँदै जलजले र तल्लो डुङ्गेश्वर–दुल्लू हुँदै जलजले पु¥याउन छोटो बाटो थियो । तर सर्भेका क्रममा ‘ड्रिलिङ’ मेसिनका लागि यी दुवै सडक उपयुक्त नभएकाले दुल्लूभन्दा पश्चिममा पर्ने साङ्गेतडा–जम्बुकाँध सडकलाई उपयुक्त मानिएको छ ।

आयोजना प्रमुख नापित नयाँ अर्थमन्त्री आएसँगै सामानको विषयमा हुनुपर्ने आवश्यक निर्णय हुनेमा आशावादी छन् । उनले अहिले सामान बोकेर आएका ट्रकहरु फेरि कोलकाता गएर थप सामान ल्याउनु पर्ने भएकाले जति छिटो भन्सारबाट छुट्छन्, त्यति सहज हुने बताए ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]