२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

लुक्ला उडेको एयर डाइनेस्टीको हेलिकप्टरमा चरा ठोक्किए पछी

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, फाल्गुण २५, २०८०

(एबिसि संचार )

काठमाडौंबाट लुक्ला उडेको एयर डाइनेस्टीको हेलिकप्टरमा चरा ठोक्किएको छ । ७ नटिकल माइल उडेको ‘९एन–एएनए’ दर्ता नम्बरको उक्त हेलिकप्टरमा शुक्रबार बिहान चरा ठोक्किए पनि सकुशल काठमाडौं फर्काएर अवतरण भएको छ ।

चरा ठोक्किएपछि हेलिकप्टर तत्काल त्रिभुवन विमानस्थल फर्किएको थियो । हेलिकप्टर चालक तथा यात्रु सुरक्षित रहेको विमानस्थल प्रवक्ता सुवास झाले जानकारी दिए । उनका अनुसार बिहान सवा १० बजे हेलिकप्टरमा चरा ठोक्किएको हो ।

हेलिकप्टर ५ सिट क्षमताको थियोे । काठमाडौंबाट पूर्वतर्फ उड्दाउड्दै चरा ठोक्किएको थियो । काठमाडौं विमानस्थलमा चराका कारण उडान नियमितजसो प्रभावित बनिरहेको हुन्छ ।

आजै कतार एयरवेजको जहाज अवतरणका क्रममा अत्यधिक हावाको बेगका कारण ‘ओभरसुट’ (अवतरणका क्रममा धावनमार्ग नजिकैबाट पुनः उडान भर्नु) गर्नुपरेको छ ।

कतारको ६४६ जहाज दिउँसो साढे ४ बजे अवतरणका क्रममा ओभरसुट गर्नुपरेको हो । अधिक हावाको बेगका कारण जहाज ओभरसुट गरी पुनः अवतरण गरेको हो ।

पाइलटले जोखिम मोलेर अवतरण गराउनुको सट्टा जहाजलाई पुनः फन्को मारी सुरक्षित बनाउन ओभरसुट गर्छन् ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]