(एबिसि संचार ) जिल्ला प्रहरी कार्यालय तनहुँले शुक्लागण्डकीबाट भरुवा बन्दुकसहित शनिवार एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–११ भुसुनापुर बस्ने ५६ वर्षीय कुलबहादुर शाही रहेका छन् । प्रहरीले उनलाई अवैध एक थान भरुवा बन्दुकसहित घरबाटै पक्राउ गरेको हो ।