२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अध्यक्ष ग्रेग बार्क्ले नेपाल आउने

Logo
Abc Sanchar प्रकाशित बिहिबार, चैत्र ०१, २०८०

(एबिसि संचार )                                                              अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अध्यक्ष ग्रेग बार्क्ले नेपाल आउने भएका छन् । नेपाली क्रिकेटबारे बुझ्न उनी आगामी सोमबार नेपाल आउन लागेका हुन् । चार दिने भ्रमणमा आउन लागेका अध्यक्ष बार्क्लेले राजनीतिक नेतृत्वहरूसँग पनि छलफल गर्ने कार्यतालिका छ । उनले त्रिवि क्रिकेट मैदान र मुलपानी मैदानको पनि अवलोकन गर्ने भएका छन् । उनले प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुदमन्त्रीसँग भेटवार्ता गर्ने तय भएको नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार विज्ञप्ति जारी गर्दै जनाएको हो ।

पछिल्लो समय नेपाली क्रिकेटले निरन्तर सफलता हासिल गरिरहेका बेला अध्यक्ष बार्क्लेको नेपाल भ्रमणलाई महत्वका साथ हेरिएको क्यानका पदाधिकारीले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।