(एबिसि संचार )
धनगढीको एक फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा २ महिना ५ दिन कैद सजाय ठहर भई फरार रहेका कैलालीको धनगढी उपमहानगरपालिका १२ बस्ने २० वर्षीय भरत सुनार पक्राउ परेका हुन्। उनलाई अदालत समक्ष पेश गरिएको प्रहरीले बताएको छ।