२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

काभ्रेको बनेपामा नक्कली नोट छाप्दै गरेको क्रममा एक जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, चैत्र ०२, २०८०

(एबिसि संचार )                                                      काभ्रेको बनेपामा नक्कली नोट छाप्दै गरेको क्रममा एक जना पक्राउ परेका छन् । काभ्रेको बनेपामा सञ्चालित एचएम मोबाइल सेन्टरमा नक्कली नोट छाप्दा–छाप्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।  जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार नक्कली नोट छाप्दै गरेको क्रममा बेथानचोक गाउँपालिका–३ का सविन हुमागाईँलाई पक्राउ गरेको हो । ललितपुरको लगनखेलबाट दुईजना कारोबार गर्दा गर्दै नियन्त्रणमा लिएपछि सोधपुछ गर्दा धापाखेलको प्रहरी र इलाका प्रहरी कार्यालय बनेपाको टोलीले हुमागाईंसहित नक्कली नोट बरामद गरेको छ ।पक्राउ परेका हुमागाईंको मोबाइल पसलबाट प्रहरीले ६९ हजार ५०० रुपैयाँ नक्कली नोटसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।