(एबिसि संचार )
प्रतिनिधिसभाको बैठक सांसद मन्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ।
प्रतिनिधिसभाको आइतबार ११ बजेर ४८ मिनेटमा बसेको बैठकले सांसद शर्माको निधनमा शोक प्रस्ताव पारित गरेको हो। सांसद शर्माको आइतबार बिहान निधन भएको हो। उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा उनको निधन भएको हो। २०२० माघ १९ गते जन्मिएकी अन्सारी २०७९ चैत १९ गते प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी थिइन्।