(एबिसि संचार ) नवलपरासी पश्चिममा दुई जनाको हत्या गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासी घर भएका २९ वर्षीय अजयकुमार धरिकार र २० वर्षीय चन्दन हरिजन छन् ।उनीहरुले फागुन १ मा बर्दघाट सुस्ता पश्चिम मर्चहवास्थित गण्डक बाँधको जग्गामा कुटेर हजुरबुवा र नातिको हत्या गरेको आरोप छ । ७० वर्षीय अक्षय चमार र निजको नाति १२ वर्षका गौचरण चमारलाई उनीहरूले धारिलो हतियार प्रहार गरेर हत्या गरेका प्रहरीको अनुसन्धान निष्कर्ष छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूलाई पक्राउ गरेको हो ।