२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पाँच लाखभन्दा बढी रकम लुटपाट गर्ने दुई जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित सोमबार, चैत्र २६, २०८०

(एबिसि संचार )                                                                सुनसरी सदरमुकाम इनरुवा–९ बवियाबाट गोली प्रहार गरी रु पाँच लाखभन्दा बढी रकम लुटपाट गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा सप्तरी हनुमान कङ्कालिनी–३ का २९ वर्षीय इब्रान मन्सुरी मियाँ र भोक्राहा नरसिंह–४ का ३६ वर्षीय उमेश मुखिया रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।जिल्ला प्रहरी कार्यालयले पक्राउ परेका दुवै जनालाई आज पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको हो ।  पक्राउ परेकाको साथबाट प्रहरीले लुटपाटमा प्रयोग भएको एउटा मोटरसाइकल र नगद रु एक लाख दुई हजारसमेत बरामद गरेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । गत बुधबार दिउँसो इनरुवा–९ स्थित नहरको डिलमा सुनसरी हरिनगर–२ का ६१ वर्षीय साहिरा मियाँ र उहाँका नाती आसिफ अन्सारीमाथि गोली प्रहार गरी रु पाँच लाख ३५ हजार लुटपाट गरेका थिए । जग्गा बिक्री गरेर रु पाँच लाख ३५ हजार लिएर घर फर्किरहेका बेला साथबाट लुटिएको रु एक लाख दुई हजार मात्र बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए । लुटपाटमा संलग्न अन्य एक जनाको पहिचान भइसकेको र बाँकी रकम चाँडै बरामद गरिने भण्डारीले जानकारी दिए ।पक्राउ परेकालाई अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा सङ्लग्न एक जनाको खोजी कार्य भइरहेको र चाँडै कानुनी दायरामा ल्याउने प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]