(एबिसि संचार ) ललितपुरको गोदावरी नगरपालिका-१२ ठेचो दुरिखेलबाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् । ३२ वर्षीय रमेश खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा रमेश समेत ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।उनीहरूको साथबाट नगद ३२ हजार ५ सय ३५ रुपैयाँ र २ बुक तास बरामद गरेको छ ।