२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सशस्त्र प्रहरीका चार डिआइजीको सरुवा

Logo
Abc Sanchar प्रकाशित मंगलबार, बैशाख ०४, २०८१

(एबिसि संचार )                                                                सशस्त्र प्रहरीका चार डिआइजीको सरुवा अवधि पुगेको डेढमहिना बढी हुँदा पनि सरुवा हुन सकेको छैन । प्रहरी महानिरीक्षक राजु अर्यालले सरुवा प्रस्ताव लगिसक्दा पनि उनीहरुको सरुवा रोकिएको छ । सत्तामा राजनीतिक फेरबदल भएसँगै सरुवा रोकिएको स्रोतको दाबी छ ।खासगरी, बराह बाहिनी कोशी प्रदेशका प्रमुख अञ्जनीकुमार पोखरेलले ‘कमाण्ड टु कमाण्ड’ जान खोजेपछि सरुवा रोकिएको हो । अर्का डिआइजी दीपेन्द्र शाहले कमाण्ड गरिरहेको छिन्नमस्ता बाहिनीको कमाण्ड गर्न खोजिरहेका छन् । अर्का डिआइजी पुरुषोत्तम थापा र सुरेशकुमार श्रेष्ठले रोलक्रम अनुसार प्रदेश कमाण्ड गनुपर्नेमा पोखरेल आफै अर्को प्रदेशको कमाण्ड गर्न प्रधानमन्त्री कार्यालयमार्फत दबाब दिन थालेको स्रोतले जनाएको छ ।तर, आइजीपी राजु अर्यालले अहिले उनलाई कमाण्ड टु कमाण्ड जान नमिल्ने जानकारी दिइसकेका छन् । साथै, उनले वरिष्ठ अधिकृतहरुको सम्मेलनमा नेपाल प्रहरीलाई सीमा क्षेत्रबाट हटाउनुपर्ने प्रस्ताव राखेपछि अर्यालसँग उनको सम्बन्ध पनि चिसिएको छ । अर्को संगठनको बारेमा किन टिकाटिप्पणी गरेको भन्दै आइजीपी अर्यालले सम्मेलनमै उनलाई रोकेका थिए ।

त्यसपछि उनी बराह बाहिनी फर्केपनि सम्बन्ध सुधार हुन सकेको छैन । बराह बाहिनीमा उनी बस्दा पूर्वका धेरै जिल्लाहरुमा विवाद आएको तथा एक प्रहरी निरीक्षक नवप्रवल राई अझै निलम्बनमा भएको विषयले फौजभित्र चर्चा पाएको छ ।

डिआइजी पोखरेलकै घुमुवाको रुपमा झापा पुगेका राईले आफ्नै सहकर्मीहरुमाथि कुटपिट गरेका थिए । कुटपिट गर्न लगाउने र घुमुवा खटाउने डिआइजी पोखरेललाई उन्मुक्ति दिइएको थियो भने राईलाई मात्र निलबनमा राखिएको छ ।

यो विषयमा मात्र होइन पत्रकाहरुलाई कोशीमा लगेर डुंगा दुर्घटना गराएको विषयमा उनीमाथि विभागले कुनै पनि जानकारी नलिएको बारेमा पनि मुख्यालयभित्र चर्चा भैरहेका बेला उनले मधेश प्रदेशको छिन्नमस्ता बाहिनीको कमाण्ड गर्ने इच्छा व्यक्त गरेका हुन् ।

हल्चोक स्रोतका अनुसार यसपटक डिआइजी थापालाई बराह वा छिन्नमस्ता बाहिनीमध्ये एकमा कमाण्ड पठाउने तयारी भैरहेको छ भने श्रेष्ठलाई पनि कमाण्ड पठाउने तयारी गरिएको छ । सशस्त्र प्रहरीले आगामी भदौमा घर जान लागेका अभिकुमार खत्रीलाई पनि कमाण्डबाट हटाउने तयारी गरेको भएपनि उनी त्यहीबाट घर जानलाई बल गरिरहेका छन् ।

उनले खासगरी हालका गृहमन्त्री रवि लामिछानेलाई फकाउन आफ्ना नातेदार पूर्व डिआइजी छविलाल जोशीलाई लगाइरहेका छन् । जोशी र खत्री नजिकका नातेदार हुन् । तर, प्रहरी महानिरीक्षकले अवकाशको समयमा कमाण्ड गर्न नमिल्ने भन्दै उनलाई प्रहरी प्रधानकार्यालयमा सरुवाको तयारी गरेका छन् ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]