२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

कीर्तिपुरमा २ समूहबीच ग्याङ फाइटमा खुकुरी हानाहानमा १ जना घाइते ९ जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, जेठ ०४, २०८१

ABC (क्राईमबिट)
काठमाडौं । बेलुका साँझ ७ बजेको समूहमा नयाँबजारमा तपेन्द्रराज खाती र धनेश्वर खड्काको समूहबीच खुकुरी हानाहान भएको हो । खुकुरी हानाहान गरेको आरोपमा ९ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा अछामको बिरपद गाउँपालिका–१ घर भई कीर्तिपुर बस्दै आएका २७ वर्षीय मोहन खड्का, अछाम कमलबजार–१ घर भइ गट्ठाघर बस्दै आएका २१ वर्षीय धु्रवबहादुर विष्ट, बझाङको दुर्गाथली गाउँपालिका–७ घर भइ पुतलीसडक बस्दै आएका २० वर्षीय उपेन्द्र सिंह, बझाङको खप्तड गाउँपालिका–५ घर भइ मैतीदेवी बस्दै आएका २१ वर्षीय सुदिप गिरी छन् ।

त्यसैगरी अछामको रामारोशन गाउँपालिका–७ घर भइ रातोपुल बस्दै आएका २३ वर्षीय नवीन भनिने नृप भण्डारी, बैतडीको पुरचौडी नगरपालिका–१ घर भएका २७ वर्षीय जयन्त धानुक, कैलालीको गैरीगंगा नगरपालिका–५ घर भइ नयाँ बानेश्वर बस्ने २० वर्षीय तेज थापा, गैरीगंगा–९ घर भइ च्यासल बस्ने २२ वर्षीय तपेन्दराज्र खाती र बझाङको थलगा गाउँपालिका घर भइ बानेश्वर बस्दै आएका २१ वर्षीय सुनिल रोका छन् ।

प्रहरीले उनीहरुबाट खुकुरी समेत बरामद गरेको छ । पक्राउ परेका सुदीप गिरीले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]