२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङमा बाहिरी सक्राममा विद्यालयस्तरीय खुला वक्तृत्वकला प्रतियोगिता सप्पन्न

Logo
Abc Sanchar प्रकाशित शनिबार, जेठ ०५, २०८१

(सागर रोका)
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बाहिरी सक्राममा विद्यालयस्तरीय खुला वक्तृत्वकला गरिएको थियोे ।
नयाँ पाइला पुनःस्थापना केन्द्र बिजौरीको सहयोगमा पूर्व विद्यार्थी समाज मा.वि भित्री सक्रामले शुक्रबार आज प्रतियोगिताको आयोजना गरेको हो ।

‘लागूऔषध दुर्व्यसनको वर्तमान अवस्था र नियन्त्रणका उपाय’ विषयमा वक्तृत्वकला प्रतियोगितामा २७ जना प्रतियोगीले भाग लिएका थिए ।

प्रतियोगितामा लिटिल फ्लावरका आस्था शर्मा प्रथम, बाल अमृतका दामोदर आचार्य द्वितीय ,फोर्टीनाईनका रिचा अधिकारी तृतीय र अमृत एकेडेमीका गणेश केसी सान्त्वना भएका थिए ।

पूर्व विद्यार्थी समाज मा.वि भित्री सक्रामका अध्यक्ष डिल्ली केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा वक्तृत्वकला प्रतियोगिता भएको थियोे ।

त्यस्तै गरेर समाजमा भित्रभित्रै फैलिरहेको लागूपदार्थ दुर्व्यसन न्यूनीकरणका लागि परिवारसंगै समाजमा सचेत हुनुपर्ने सहभागी सरोकारवालाले जोड दिएका थिए ।

युवापुस्ता दुर्व्यसनमा जाँदा उनिहरूलाई दुर्व्यसनबाट जोगाउनका लागि राज्य र समाजको भूमिका सशक्त हुनुपर्ने जोड दिएका थिए ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले दुर्व्यसनमुक्त समाज निर्माणका लागि उपमहानगरपालिका देखी लिएर वडा सरकारले ध्यान दिनु पर्ने बताउनु भएको थियोे ।

यस्तै गरेर प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले लागूपदार्थ दुर्व्यसनले व्यक्ति, परिवार र समाजलाई गलत बाटोमा नलैजाने उहाँले जानकारी दिनु भएको थियोे ।
उहाँले सबैको सामुहिक प्रयासले मात्रै यसको नियन्त्रण गर्न नसकिने बताउनु भएको थियोे ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का अध्यक्ष प्रेमनाथ योगीले लागूपदार्थ दुव्र्यसन न्युनिकरणका लागि वडा सरकार निरन्तर लागिरहेको र यश विषयमा हरेक गाउँ टोलमा सचेतना पनि दिने उहाँले बताउनु भएको थियोे ।

समाजमा लागूऔषध दुव्र्यसन न्यूनिकरणका लागि नयाँ पाइला पुनस्थापना केन्द्रले विभिन्न समयमा हरेक वडामा सचेतनामूलक कार्यक्रम गर्दै आएको केन्द्रका कार्यकारी निर्देशक सुरेश भुषालले बताउनु भएको थियोे ।
उहाँले आगामी दिनमा पनि सचेतनमूलक कार्यक्रमलाई निरन्तरता दिने बताउनु उहाँले जानकारी दिनु भयो ।

कार्यक्रममा प्राध्यापक सुन्दर गौतमले युवापुस्तामा सकारात्मक सोचको विकास गराउन निरन्तर रुपमा कक्षा कोठा-कोठामा सचेतना मुलक लागिरहेको उहाँले बताउनु भयो ।

कार्यक्रममा विभिन्न खालका नृत्यहरुको पनि प्रस्तुत गरिएको थियोे । कार्यक्रमको सहजीकरण भने पूर्व विद्यार्थी समाज मा.वि भित्री सक्रामका कोषाध्यक्ष शुसी बस्नेत र सदस्य यज्ञबहादुर केसीले गर्नुभएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]