२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

समाजमा महिलालाई लाञ्छना लगाउने परम्परा अहिलेसम्म छ केकी अधिकारी

Logo
Abc Sanchar प्रकाशित शनिबार, जेठ ०५, २०८१

(ABC-Sanchar)
काठमाडौं । फिल्म ‘बोक्सीको घर’को सफलतापछि यसकी निर्माता एवं मुख्य कलाकार केकी अधिकारी अहिले चर्चामा छिन् । फिल्म उद्योगमा झन्डै १५ वर्ष बिताएकी केकीसँग यो फिल्म निर्माण, सफलता, नेपाली समाजमा महिला र फिल्म उद्योगमा लैंगिक असमानता लगायत विषयमा गरेको कुराकानी :

‘बोक्सीको घर’ नाटकलाई फिल्म बनाउने कुरा कसरी सुरु भएको थियो ?

कोभिडको पहिलो लकडाउनमा तीन महिना घरमै बन्द हुँदा अब के गर्ने त भनेर सोच्दासोच्दै यो आइडिया आएको हो । यदि अवस्था यस्तै भइराख्यो र जिन्दगीमा एउटा मात्रै कथा भन्न पाइने अवस्था आयो भने कुन कथामा फिल्म बनाउने होला त भनेर सोच्न थालें । सन् २०१६ मा हेरेको नाटक ‘बोक्सीको घर’ मेरो दिमागमा बसिरहेको थियो । यो सारै शक्तिशाली नाटक थियो । मैले त्यही कथा सम्झिएँ । हरेक पटक बोक्सी सम्बन्धी समाचार पढ्दा म यही नाटक सम्झिन्थें । मैले यही विषयलाई छानें । कसैले सहयोग गरेन भने एक्लै बनाउन सकिन्छ कि सकिंदैन भनेर बजेट प्लान पनि गरें । सकिन्छ जस्तो लागेपछि लकडाउन खुकुलो भएपछि मैले यस नाटकका लेखक/निर्देशक सुलक्षण भारतीलाई खोजेर भेटें । उहाँलाई यसमा स्क्रिप्ट लेख्न भनें ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]