२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

कपिलवस्तुमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध सामान बरामद 

Logo
Abc Sanchar प्रकाशित सोमबार, जेठ ०७, २०८१

ABC (क्राईमबिट)

कपिलवस्तु । सशस्त्र प्रहरी सिमा सुरक्षा बल महाराजगन्ज कपिलवस्तुको टोलीले भारतबाट भित्रीएको २ लाख ९० हजार रुपैयाँ बराबरका अवैध सामाग्री सहित २ वटा मोटरसाइकल बरामद गरिएको हो ।

पानी तान्ने मोटर र मोटरसाइकल बरामद गरेको शसस्त्र प्रहरी उपरीक्षक राम जंग पाण्डेले जानकारी दिनुभयो ।

जिल्लाको महाराजगन्ज नगरपालिका १ गैडहवा चोक नजिकै कच्चीबाटो छेउमा तस्करहरुले छोडेर भागेको
पानी तान्ने ३० थान र मोटरसाइकल २ वटा बरामद गरेको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।

भारतिय कम्पनी हिरोहोन्डाको पानी तान्ने मोटर र मोटरसाइकल बरामद गरि भन्सार कार्यालय कृष्णनगर पठाइएको सशस्त्र प्रहरी कपिलवस्तुको उपरीक्षक दिनेश शर्माले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी सिमा सुरक्षा बल महाराजगन्जको प्रहरी निरीक्षक प्रकाश पन्थको कमान्डमा ७ जनाको टोली प्रहरीले उक्त सामाग्री बरामद गरेको हो ।

सशस्त्र प्रहरी कपिलवस्तुका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक पाण्डेले अवैध सामग्री ओसारपसार नियन्त्रण तथा र भारतबाट बिना भन्सार ल्याइने सानोतिनो सामग्रीसमेत बरामद गर्न कडा निर्देशन दिएसँँगै सशस्त्र प्रहरीले अवैधरुपमा भित्र्याइएको सामान बरामद गर्दै आएको छ ।

गते फागुन ८ गते कपिलवस्तु आउनु भएका प्रहरी उपरीक्षक पाण्डेले अहिलेसम्म एक करोड मुल्य बराबरको अवैध सामाग्री बरामद गरि भन्सार चलान गरेको सशस्त्र प्रहरी कपिलवस्तुले जनाएको छ ।

कपडा, मोवाईल पार्टस, प्याज, किराना, खाद्यान्न, हार्डवेयर, ब्रोईलर कुखुरा, चल्ला तथा पशु चौपाया तथा ढुवानीमा प्रयोग भएका सवारी साधन बरामद गरी भन्सार दाखिला गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]