२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

प्रेस सेन्टरले पत्रकार महासंघ दाङमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने

Logo
Abc Sanchar प्रकाशित मंगलबार, जेठ ०८, २०८१

(ABC-Sanchar)
दाङ । प्रेस सेन्टर नेपाल, दाङले पत्रकार महासंघ जिल्लामा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने निर्णय गरेकाे छ ।

संगठनका जिल्ला अध्यक्ष पाण्डव शर्माकाे अध्यक्षता एवम् नेकपा (माओवादी), केन्द्र दाङका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्यकाे प्रमुख आतिथ्यतामा आज घाेराहीमा बसेकाे बैठकले सर्वसम्मत नेतृत्व चयनका लागि सबै सञ्चार संगठन एवम् अग्रज पत्रकारहरूसँग छलफल र सम्बाद गर्ने निर्णय गरेकाे छ ।

बैठकले पत्रकार महासंघ सम्बन्धि आवश्यक सम्पूर्ण निर्णय गर्न र वार्ता सम्बाद अघि बढाउन संगठनका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज लक्ष्मी आचार्यकाे संयाेजकत्वमा एक कार्यदल गठन गरिएकाे छ ।

कार्यदलमा जिल्ला अध्यक्ष पाण्डव शर्मा, सचिव जनक नेपाली र सह-सचिव दीपक बाेहाेरा रहनुभएकाे छ ।त्यसैगरी यही जेठ १३ गते घाेराहीमा संगठनकाे लुम्बिनी समिति र पत्रकार महासंघ दाङसँग संयुक्तरूपमा कृष्ण सेन इच्छुक स्मृति दिवस मनाउने निर्णय गरेकाे छ । साे अवसरमा प्रदान गरिने पुरस्कार छनाैट गर्न समिति गठन गरिएकाे छ ।

संगठनका जिल्ला इञ्चार्ज लक्ष्मी आचार्य संयाेजक रहेकाे अध्यक्ष पाण्डव शर्मा र सचिव जनक नेपाली सदस्य रहेकाे पुरस्कार छनाैट समिति गठन गरिएकाे छ ।

बैठकमा पार्टीका सह -इञ्चार्ज रामबहादुर दहित अञ्जान, जिल्ला संयाेजक हरिमान पुन बरूण, संगठनका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इञ्चार्ज अजयदीप शर्मा, पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम, माओवादी दाङका सचिव विश्वराज आचार्य, संगठनका प्रदेश अध्यक्ष मानसिङ विक, केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज लक्ष्मी आचार्य, संगठनका जिल्ला संस्थापक अध्यक्ष पुरण शर्मा लगायतका नेताहरूकाे उपस्थित रहेकाे थियाे ।
बैठकमा कार्यक्रम सञ्चालन सचिव जनक नेपालीले गर्नुभएको थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]

दाङ । घोराही १५ केवल एउटा सहरको नाम होइन, यो हाम्रो पहिचान, हाम्रो सम्भावना र हाम्रो साझा भविष्य हो। हामीले कस्तो घोराही निर्माण गर्ने भन्ने कुरा सरकार वा स्थानीय तहको मात्रै जिम्मेवारी होइन। यसका लागि यहाँका प्रत्येक नागरिकको सोच, सहभागिता र सक्रियता आवश्यक हुन्छ। अझ विशेषगरी युवाहरूको सिर्जनशील ऊर्जा, नयाँ सोच, क्षमता र नेतृत्वलाई सही […]

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]