२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी

Logo
Abc Sanchar प्रकाशित मंगलबार, जेठ ०८, २०८१

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरीको टोली थापाथलीस्थित कान्तिपुरको कार्यालयमा पुगेको छ। अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको टोली मंगलबार दिउँसो कान्तिपुर कार्यालय पुगेको हो।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध मंगलबार बिहान धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

सिरोहियालाई नागरिकताबारे विवादमा पक्राउ पुर्जी जारी गरिएको हो।

उता, सिरोहियाले सहकारी ठगीसम्बन्धी समाचार रोकाउन र मुद्दा विषयान्तर गर्न आफूविरुद्ध पक्राउ पुर्जी जारी गराइएको उल्लेख गरेका छन्।

उपत्यका अनुसन्धानका कार्यालयका एसपी रविन्द्र रेग्मी र डीएसपी अनिल घिमिरे सिरोहियाको कार्यकक्षमा पुगेका छन्।

उनलाई पक्राउ गर्न टोली नै जाने तयारी भएपनि दुई जनामात्रै आइदिनू भनेपछि उनको कार्यकक्षमा पुगेका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।