२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सिरोहियालाई रातारात सुरक्षासहित जनकपुर लगिँदै बुधबार म्याद थप गरिने

Logo
Abc Sanchar प्रकाशित मंगलबार, जेठ ०८, २०८१

(ABC-Sanchar)
काठमाडौँ । कान्तिपुर पब्लिकेशन्स् लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेर जनकपुरतर्फ लगेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मी र डीएसपी अनिल घिमिरेको टोलीले सुरक्षासहित सिरोहियालाई सडक मार्ग हुँदै जनकपुर लगेका हुन् ।

थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालयमा अध्यक्षको कार्यकक्षबाट प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराई नेतृत्वको टिमले उनलाई पक्राउ गरेको हो । नागरिकता सम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा पक्राउ गर्नुपर्ने भएकोले सिरोहियालाई पक्राउ गरिएको उनलाई प्रहरीले दिएको पक्राउ पुर्जीमा उल्लेख छ । उनीविरुद्ध धनुषा जिल्ला अदालतले मंगलबार पक्राउ अनुमति दिएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता भएको जाहेरीमा सिरोहियाले दुईवटा फरक नम्बरको नागरिकता प्रयोग गरेको जिकिर गरिएको छ ।

बुधबार सिरोहियालाई म्याद थपका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइने मधेस प्रदेशका डीआईजी यज्ञविनोद पोखरेलले रातोपाटीलाई बताए । पोखरेलले भने,‘म्याद लिएर थप अनुसन्धान गर्छौं ।

सिरोहियाले लिएको मध्येको एउटा नागरिकताको नम्बर अर्को व्यक्तिको नागरिकता नम्बरसँग म्याच भएको उजुरकर्ताले दाबी गरेका छन् । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा १७ वैशाखमा जाहेरी दर्ता भएको थियो ।

सिरोहिया पक्राउको चौतर्फी विरोध भएको छ । नेपाल पत्रकार महासंघले सिरोहियालाई पक्राउ गरेको घटना गम्भीरतापूर्वक लिएको जनाएको छ । महासचिव रोशन पुरीले विज्ञप्ति जारी गरेर घटना ‘प्रतिशोधपूर्ण’ रहेको बताएका हुन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको अभिव्यक्तिले अध्यक्ष सिरोहिया पक्राउको घटना प्रतिशोधपूर्ण रहेको महासंघले ठहर गरेको छ ।

महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनशायबाट हुने राज्यशक्तिको दुरुपयोग पत्रकार महासंघले नस्वीकार्ने चेतावनी दिएको छ ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री लामिछानेले आफूविरुद्धको आरोप छानबिन हुन नदिको तर, सिरोहियालाई पक्राउ गरेको घटना स्वीकार्य नभएको बताएका छन् । अनुसन्धानकर्ताहरुले सहि र गलत छुट्याउनु पर्ने कोइरालाको भनाई छ ।

कांग्रेसका महामन्त्री गगन थापाले ज्ञानेन्द्र शाह र लोकमान सिंह कार्की प्रवृत्ति पुनरावृत्ति भएको भन्दै राज्यसत्ताको पहुँचको दुरुपयोग भएको बताएका छन् । गृहमन्त्री लामिछानेतर्फ संकेत गर्दै थापाले भनेका छन्,‘आफूमाथि प्रश्न गर्नेहरूलाई रोक्न, विषयान्तर गर्न र आफ्नो अपराध ढाकछोप गर्न गरेको दुष्प्रयास हो ।’

कांग्रेस नेता बिमलेन्द्र निधी र नेकपा एकीकृत समाजवादी पार्टीले सिरोहिको पक्राउको विरोध गरेका छन् । एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले विज्ञप्ति जारी गरेर सो घटना ‘निडर पत्रकारिताविरुद्ध गरिएको षडयन्त्र नभएको’ पुष्टि गर्न चुनौती दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]