२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपाली सेनाका ११ जना प्रमुख सेनानी लेफ्टिनेन्ट कर्नेलको सरुवा

Logo
Abc Sanchar प्रकाशित बिहिबार, जेठ १०, २०८१

ABC (क्राईमबिट)
काठमाडौं । सैनिक सचिव विभागको पत्रानुसार भएको सरुवा आगामी मंगलबारदेखि लागु हुने जनाइएको छ।

विभागले नरसिंहदल गणका प्रमुख सेनानी प्रमोदकुमार शर्मा ५ नम्बर बाहिनी अड्डामा,श्रीनाथ गणका सुरेश देवकोटालाई पूर्वी पृतना हेडक्वार्टर र रुरु भैरवदल गणका हिमाचलजंग शाहलाई नम्बर १८ वाहिनी अड्डामा सरुवा गरिएको जनाएको छ।

त्यस्तै प्रमुख सेनानीहरुमध्ये सबुज गणका गणेशराज पन्थलाई चरक बाहिनीमा,श्रीजंग गणका डायमण्ड कार्कीलाई नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान र नम्बर १८ वाहिनी अड्डाका सरोज कोइरालालाई सबुज गणको गणपति बनाइएको छ।

सैनिक इन्टेलिजेन्स निर्देशनालयमा काजमा रहेका नम्बर ५ वाहिनी अड्डाका प्रमुख सेनानी निराजन कटुवाललाई श्रीजंग गणको गणपतिमा सरुवा गरिएको छ। मध्यपश्चिम पृतना हेडक्वार्टरका गणेश खड्कालाई नरसिंहदल गणमा गणपतिको जिम्मेवारी दिइएको छ।

सरुवा भएका अन्य कर्नेलहरुमा मध्य पश्चिम पृतना हेडक्वार्टरका गणेश खड्कालाई नरसिंह दल गणको गणपति,सैनिक सचिव विभागका प्रद्युुम्नप्रसाद गौतमलाई श्रीनाथ गणका गणपति, मध्यपश्चिम पृतना तालिम शिक्षालयका राजेन्द्र श्रेष्ठलाई रुरु भैरवदल गणको गणपति र मध्य पृतना हेडक्वार्टरका प्रणव भट्ट मध्यपश्चिम पृतना तालिम शिक्षालयको शिक्षाधिकृतमा सरुवा भएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]