२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

राजपुर वडा ७ स्थित सिमगजमरी नाकामा पहिलो पटक एम्बुलेन्स पुगियो स्थानीयहरु खुशी

Logo
Abc Sanchar प्रकाशित मंगलबार, जेठ १५, २०८१

(सागर रोका)
दाङ । राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित सिमगजमरी नाकामा पहिलो पटक एम्बुलेन्स पुगेको छ ।

सिमगजमरी नाकामा केहि वर्षदेखि आफ्नै घर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-१२ बसोबास गर्दै आएका रेश्मी केसीले आफ्नो श्रीमान बेदप्रसाद केसी लामो समयदेखि दमको रोगी भएको कारण उनलाई हस्पिटलमा ओषधि ल्याइदिन जाने क्रममा रा ६ प ६१४१ नम्बरको बाइकले जेठ ९ गते बुधबारका दिन रेश्मी केसीलाई बाइकले ठक्कर दिदा उनलाई उपचारको लागी राप्ती प्रादेशिक अस्पतालमा लगिएको थियो । उनको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा रेश्मी केसीको ज्यान गएको थियोे । पहिलो पटक सिमगजमरी नाकामा रेश्मी केसीको शव लिएर एम्बुलेन्स नाका पुगेको थियोे ।

त्यस्तै गरेर बर्खा याममा पनि नाकको मोटर बाटो संचालन ल्याउनको लागि गाउँ टोल मिलेर खराब भएको खण्डमा बाटो मर्मत गर्ने र आवतजावत बन्द नहुन दिनेको लागी समस्या नहुने तरिकाले संचालनमा राख्ने राजपुर वडा नम्बर-७ का कार्यपालिका का सदस्य सन्देश बिश्वकर्मा जानकारी दिए ।

राजपुरको नाकामा एउटा एम्बुलेन्स र राम्रो हस्पिटलको व्यवस्था भएको भए ईन्डियाको बजार सिरसिया,लखनउ र अन्यत्र धाउनुपर्ने थिएन भन्दै सिमगजमरी नाका निवासी बालाराम गिरीले बताए ।

नाकाको हरेक गाउँ टोलमासम्म बाटो नहुदा नाका बासिहरु बिरामी हुँदा उपचारको लागी ईन्डियाको हस्पिटल मात्रै नभएर नेपालको लमही,घोराही, तुलसीपुर,नेपालगन्जसम्म पुराउन पनि सास्ती खेप्नुपरेको नाका बासीहरुको गुनासो रहेको छ ।

हरेक निर्वाचन चुनावी माहुलमा नाकाको हरेक गाउँ टोलमा पुगेर नेताहरुले बिकासको रुपमा काम गर्ने भन्दै सोझा साझा नाकाली बासिन्दाहरुलाई त्यो भासन र मुखले ठिक पारेर जान्छन् । अब त नाका बासीहरुले केहि बिकास परिवर्तन हुन्छ कि भनेर दायाँबायाँ नगरेर भोट हाल्छ्न तर जुन बेला भोट माग्ने बेलामा आउँछ त्यसपछि त फर्केर पनि नाकामा मुख समेत देखाउन फर्केर जादैनन । भनेको जस्तो अब त गाउँ टोलको लागि केही परिवर्तन हुन्छ कि भन्ने आशामा नाकाको लागी कमि कम्जोरलाई बिकासको रुपमा र भनेको जस्तो नेता र निर्वाचनमा बोलेको जस्तो कसले पो गरिदिने होला भने आशामा नाका एक हिसाबले पछाडी परेको त्यहाँका स्थानीय बासी तारा बहादुर खड्काले बताए ।

अब कुनै पनि आफ्नो मत र भोट खेर नजाने तरिकाले परिवर्तन गर्नु पर्ने र नेता होईन व्यक्ति हेर्ने र भासन होईन काम गर्ने मान्छे नाकाको लागि आवश्यकता रहेको नाकालीहरुको भनाइ रहेको छ । नाकामा बलतल्ल मोटर बाटो भएता पनि राम्रो र भरपर्दो नरहेको र त्यसमा पनि ६ महिनासम्म मोटरसाइकल,ट्याक्टर,नेताको गाडी र मानिसहरुको आवतजावत हुने मात्रै गर्दछ । नाकामा ६ महिना चल्ने मोटर बाटो १२ महिनासम्म चल्ने भए नाकामा भनेको जस्तो र सोचेको जस्तो परिवर्तन आउन सक्ने बालाराम गिरीले जानकारी दिए ।

त्यसैगरेर ६ महिनासम्म चल्ने मोटर बाटो चल्दासम्म त पश्चिमको भौवा नाकादेखि कोइलावाससम्म रहेको नाका मधे पुर्व कोइलावासको मोटर बाटो पक्की र कालो पत्रे रहेको र पुर्व पटौली नाकासम्मका बासिन्दाहरुलाई केहि सहज हुने भएको स्थानीयहरुको भनाइ रहेको छ । नाकामा बसोबास गर्ने मानिसहरु आफू सेवा सुबिधा बाट बन्चित भएको जस्तो महसुस गदर्छन किन कि न त भनेको अझै पनि बिकास र सोचेको जस्तो परिवर्तन आउन नसकेको नाका बासीहरुको गुनासो छ ।

त्यस्तै पश्चिम भौवा नाकादेखि लिएर पुर्व नाकासम्म मोटर बाटोको लागि मात्रै नभएर हस्पिटल,खानेपानी, विद्युत जस्ताका लागि बजेट र मागको लागि पुर्ण रुपमा लागि पर्ने राजपुर गाउँपालिकाका अध्यक्ष शरद बुदाथोकीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]