२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

भत्काएको सडक २ दिनभित्र पुनर्स्थापना गर्न सडक डिभिजनको पत्र महानगरलाई कार्वाही गर्ने

Logo
Abc Sanchar प्रकाशित बिहिबार, जेठ १७, २०८१

(ABC-Sanchar)
काठमाडौं । न्युरोड क्षेत्रको पैदलमार्ग विस्तार गर्ने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध बुधबार पनि स्थानीयसहित जनप्रतिनिधिले विरोध गरेका छन् । बिहान ७ बजे नै करिब दुई सय नगर प्रहरीको दलबलसहित काम गर्न पुगेको निर्माण कम्पनी स्थानीयको विरोधपछि फर्किएको छ । उक्त क्षेत्रमा निर्माण कम्पनीलाई काम गर्न नदिन स्थानीयसहित जनप्रतिनिधिले २४सै घन्टा पहरेदारी गरिरहेका छन् ।

वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले महानगरका मेयर बालेन साह (बालेन) आफ्नो निर्णयबाट पछि नहटेसम्म स्थानीयलाई समर्थन रहने र बालेनबाटै वार्ताका लागि पहल नभएसम्म वार्ताको पहल नगर्ने बताएका छन् । ‘जनताको हितविपरीत कुनै पनि काम हुन दिँदैनौँ । मेयरलाई फुटपाथ विस्तार लोककल्याणकारी काम भन्ने लाग्छ भने शिल्यान्यास गर्न आउनुहोस् । रातिराति काम गर्न किन आउनुहुन्छ ? नगर प्रहरीको दलबलसहित आएर त्रास किन बढाउनुहुन्छ ?,’ अध्यक्ष महर्जनले प्रश्न गरे, ‘जनताको भावनालाई अंगीकार गर्न खोज्दा हामीलाई राजनीतिक रंग दिएर भ्रम फैलाउन खोजियो । जे भए पनि जनता सडकमा उत्रिएको वेला हाम्रो समर्थन रहन्छ । यो विषयमा बिन्तीपत्र हालेर मेयरलाई भेट्ने पक्षमा छैनौँ ।’

मूल सडक मासेर पैदलमार्ग विस्तारको निर्णय फिर्ता लिनुपर्ने भन्दै आइतबारदेखि सुरु भएको विरोध प्रदर्शनमा जनप्रतिनिधिले पनि साथ दिइरहेका छन् । महानगरपालिकाअन्तर्गत सार्वजनिक निर्माण विभागका अनुसार न्युरोड क्षेत्रमा पहिला सवारीसाधन पार्किङ गर्नेे भाग पैदलयात्रीका लागि उपलब्ध गराउन लागिएको हो । महानगरको योजनाअनुसार फुटपाथ विस्तारपछि न्युरोड गेटदेखि जुद्ध सालिक र इन्द्रचोकसम्मको ११ मिटरको सडक चार मिटर घटाएर सात मिटरको बनाइनेछ । यस्तै, जुद्ध सालिकदेखि धर्मपथतर्फको सडक १३ मिटरको सडक ६ मिटर घटाएर सात मिटरको बनाइनेछ भने पाको आरबी कम्प्लेसतर्फको सडक ११ मिटरबाट चार मिटर घटाएर सात मिटरको बनाइनेछ । यसपछि ६० प्रतिशत फुटपाथ र ४० प्रतिशत सडक हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]