१० आषाढ २०८१, आइतबार
23-06-2024 , Sun
×

बारा जिल्लाको १६ पालिका मध्ये १५ वटा पालिकाहरुमा रु.७३ कराेड रकम बेरुजु

Logo
Abc Sanchar प्रकाशित बिहिबार, जेठ १७, २०८१

(रोशन निधि)
बारा । जिल्लाको १६ पालिका मध्ये जीतपुरसिमरा उपमहानगरपालिकाको बेरुजु रकम सबैभन्दा बढी देखिएको छ भने परवानीपुर गाउँपालिकाको बेरुजु सबैभन्दा कम देखिएको छ । १६ वटा पालिका रहेको बारामा सिम्रौनगढ नगरपालिका बाहेकको अन्य १५ पालिकाको कुल बेरुजु रकम ७३ करोड ४७ लाख ३६ हजार रुपैयाँ रहेको छ ।भने महालेखा प्रतिवेदनमा सिम्रौनगढ नगरपालिकाको विवरण उल्लेख हाल सम्म गरेको छैन ।
महालेखापरिक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९।८० को बार्षिक प्रतिवेदनले बाराका १५ पालिका मध्ये जीतपुरसिमरा उपमहानगरपालिकाको बेरुजु रकम धेरै रहेको देखाएको हो । प्रतिवेदन अनुसार जीतपुरसिमरा उपमहानगरपालिकामा लेखापरिक्षण गरिएको २ अर्ब ७८ करोड ४९ लाख ६७ हजार रकम मध्य ५.२२ प्रतिशत बेरुजु रहेको देखिएको बिगतमा पनि जितपुर सिमरा उपमहानगरपालिका मधेस प्रदेशको नम्बर १ मा भ्रस्टाचार को रूपमा आफ्नो नाम दर्जे गराउन सफल भएको केहि सथानिय ले बताएका छन श्रोतको अनुसार सब भन्दा बढी मुद्दा  अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा जित्पुर सिमरा उपमहानगरपालिका रहेको छ । प्रतिवेदन अनुसार जीतपुरसिमरा उपमहानगरमा १४ करोड ५४ लाख १७ हजार रुपैयाँ बेरुजु रहेको देखिएको छ ।
बारामा सबैभन्दा कम बेरुजु रहेको पालिकामा परवानीपुर गाउँपालिका रहेको छ । १ अर्ब १५ करोड ४८ लाख ४४ हजार रुपैयाँको लेखापरिक्षण भएकोमा ०.४५ प्रतिशत मात्र बेरुजु रहेको देखिएको छ । प्रतिवेदन अनुसार परवानीपुर गाउँपालिकामा ५१ लाख ५५ हजार बेरुजु रहेको छ ।
महालेखापरिक्षकको प्रतिवेदन अनुसार जीतपुरसिमरा उपमहानगरपछि कोल्हवी नगरपालिकामा बेरुजु रकम बढी छ । कोल्हवी जिल्लाका पालिकाहरुमध्ये दोश्रो बढी बेरुजु रहेको पालिका बनेको छ । कोल्हवीमा १ अर्ब ६४ करोड ६८ लाख ८१ हजार रुपैयाँको लेखा परिक्षण भएकोमा ६.९५ प्रतिशत बेरुजु देखिएको छ । कोल्हवी नगरपालिकामा ११ करोड ४४ लाख ३७ हजार रुपैयाँ बेरुजु रकम रहेको छ ।
तेश्रो बढी बेरुजु रहेको पालिकामा कलैया उपमहानगरपालिका रहेको छ । ३ अर्ब ४९ करोड आठ लाख ९५ हजार रुपैयाँको लेखा परिक्षण भएकोमा २.९९ प्रतिशत अर्थात १० करोड ४४ लाख ३५ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
निजगढ नगरपालिकाको बेरुजु ९ करोड ४२ लाख ८४ हजार, करैयामाई गाउँपालिकाको बेरुजु ५ करोड तीन लाख ४१ हजार, पचरौता नगरपालिकाको ४ करोड ९४ लाख ९९ हजार, आदर्श कोटवाल गाउँपालिकाको ४ करोड ३५ लाख ६३ हजार, फेटा गाउँपालिकाको ४ करोड नौ लाख ४१ हजार, महागढीमाई नगरपालिकाको ३ करोड २५ लाख ४९ हजार, विश्रामपुर गाउँपालिकाको १ करोड ३९ लाख ४६ हजार, प्रसौनी गाउँपालिकाको १ करोड १९ लाख १४ हजार, सुवर्ण गाउँपालिकाको १ करोड एक लाख १२ हजार, बारागढी गाउँपालिकाको ९९ लाख ८७ हजार, देवताल गाउँपालिकाको ८१ लाख ५६ हजार र परवानीपुर गाउँपालिकाको ५१ लख ५५ हजार रुपैयाँ बेरुजु रहेको महालेखा परिक्षकको ६१ औं वार्षिक प्रतिवेदनले देखाएको छ ।

लेखापरिक्षणले गरिएको रकमको प्रतिशतमा हेर्ने हो भने निजगढ नगरपालिकाको बेरुजु प्रतिशत सबै भन्दा बढी देखिन्छ । निजगढ नगरपालिकाको बेरुजु दर ७.४६ प्रतिशत रहेको देखिन्छ । दोश्रोमा कोल्हवी नगरपालिकाको ६.९५ प्रतिशत, तेश्रोमा जीतपुरसिमरा उपमहानगरपालिकाको ५.२२ प्रतिशत, चौथोमा करैयामाई गाउँपालिकाको ४.६३ प्रतिशत, पाँचौमा फेटा गाउँपालिकाको ४.२५ प्रतिशत, तेस्तै आदर्श कोटवाल गाउँपालिकाको ३.९७ प्रतिशत, पचरौता नगरपालिकाको ३.८२ प्रतिशत, कलैया उपमहानगरपालिकाको २.९९ प्रतिशत, महागढीमाई नगरपालिकाको १.८७% विश्रामपुर गाउँपालिकाको १.६१ प्रतिशत, प्रसौनी गाउँपालिकाको १.३२ प्रतिशत, बारागढी गाउँपालिकाको १.०३ प्रतिशत, देवताल गाउँपालिकाको ०.९३ प्रतिशत, सुवर्ण गाउँपालिकाको ०.७९ प्रतिशत रहेको छ ।परवानीपुर गाउँपालिकाको ०.४५ प्रतिशत बेरुजु रकम देखिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । प्रतिष्ठित आयुर्वेदज्ञ राजीव दीक्षितको सल्लाहअनुसार आगोमा पाकेर तयार भएको खाना ४८ मिनेटभित्र खाइसक्नुपर्छ । अन्यथा, त्यसमा विद्यमान पौष्टिक तत्वहरु नष्ट हुँदै जान्छन् र १२ घण्टापछाडि त त्यो खाना पशुपक्षीका लागि समेत हानिकारक हुने गरी विषाक्त हुन जान्छ । फलफूलको हकमा भने यो नियम अझ कडासँग लागु हुन्छ । काटेर, ताछेर या टुक्रा […]

(ABC-Sanchar) काठमाडौं । गर्मीको समयमा सहर लगातार तातो हुँदै जाँदा शनिबार राजधानी दिल्लीका केही भागमा ट्याङ्करबाट पानी ल्याउन मानिसहरूको लामो लाइन देखिएको थियो । गर्मीमा राजधानी दिल्लीमा पानीको अभावका कारण मयूर विहार क्षेत्रका गाउँ, सञ्जय कलोनी, ओखला क्षेत्र र गीता कलोनीका मानिसहरू लाइनमा उभिएर क्यान र बाल्टी समातेर पानीको ट्याङ्कर वरिपरि घुमिरहेको बिहानको दृश्यले देखाएको […]

(ABC-Sanchar) पर्सा । बिरगंज अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शुभकामना सहित वीरगन्ज कपडा बैंकले आज वीरगन्जको घण्टाघरमा नि:शुल्क कपड़ा वितरण गरेको छ। प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज -८ बाट बिहान १० बजे देखी बेलूका ५ बजे सम्म गरीब असहाय लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले […]