२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

मधेस प्रदेशमा १ अर्ब ८५ करोड भन्दा बढी बेरुजु रकम

Logo
Abc Sanchar प्रकाशित बिहिबार, जेठ १७, २०८१

(रोशन निधि)
बारा । आर्थिक बर्ष २०७९-८० मा मधेस प्रदेशमा १ अर्ब ८५ करोड ४२ लाख ४२ हजार रुपैयाँ बेरुजु भएको पुष्ठि भएको छ।अन्य प्रदेशहरुको तुलनामा हेर्दा सबैभन्दा बढी बेरुजु रकम मधेस प्रदेशमा देखिएकाे छ।यहि बुधबार महालेखापरिछक कार्यालयले प्रदेश प्रमुख सुमित्रा सुबेदि भणडारि लाई बुझाएको प्रदेशहरुको छैटौं प्रतिबेदनमा प्रदेशहरुको मन्त्रालय लगायत अन्य निकायहरू सहित १४९ वटा कार्यालयहरुको ४७ अर्ब ९५ करोड २१ लाख ३२ हजार रुपैयाँ लेखापरीक्षणमा बेरुजु देखिएकाे छ।
प्रदेशको १३५ सरकारि कार्यालय तथा १४ अन्य संस्था समितिको लेखापरीक्षण गरिएको थियोे ।सरकारि कार्यालयतर्फ १ अर्ब ५९ करोड १६ लाख १७ हजार अन्य संस्था तथा समिति तर्फ बाट २६ करोड २६ लाख २५ हजार रकम बेरुजु रहेको पाएकाे छ।प्रतिबेदनमा १४९ वटा कार्यालय हरुमा गरिएको लेखापरीक्षणमा कायम देखिएकाे बेरुजुमा असुल गर्नुपर्ने ७ करोड ३१ लाख ३ हजर नियमित गर्नुपर्ने १ अर्ब ३३ करोड २५ लाख ७१ हजार र पेस्की गरि ४४ करोड ८५ लाख ६८ हजार देखिएकाे छ।
विभिन्न योजनामा अनियमितता भएको ३५ करोड ७९ लाख ४७ हजार रहेको छ। तेसैगरि ९७ करोड ३९ लाख १२ हजार रुपैयाँको बिना कुनै प्रमाण कागजातकै रूपमा भुक्तानी गरिएको छ।
महालेखापरिझककाे प्रतिबेदन अनुसार सबैभन्दा बढी प्रदेशको भौतिक पुर्वाधार बिकास मन्त्रालयमा ८२ करोड ५४ लाख ४५ हजार रकम बेरुजु पाएको हाे। तेसैगरि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको ४४ करोड ६० लाख ९५ हजार सामाजिक बिकाश मन्त्रालयको १२ करोड ३ लाख ९३ हजार ,उर्जा सिचाइ तथा खानेपानी मन्त्रालयको ७ करोड २८ लाख ३९ हजार र अन्य मन्त्रालय तथा निकायको ३४ करोड ४ लाख २९ हजार बेरुजु रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]