२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बर्दियाको गुलरियामा अत्यधिक गर्मी बढेसंगै बिद्यालयहरु बन्द

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, जेठ १८, २०८१

(ABC-Sanchar)
बर्दिया । अत्यधिक गर्मीले बालबालिकामा प्रत्यक्ष स्वास्थ्य असर देखिएको भन्दै गुलरिया नगरपालिकाका सबै विद्यालय थप छ दिनका लागि बन्द गर्ने निर्णय भएको छ । यसअघि जेठ १६ देखि १८ गतेसम्म विद्यालय बन्द गरिएको थियो ।

अत्यधिक गर्मी नरोकिएपछि आइतबारदेखि थप छ दिन विद्यालय बन्द गर्ने निर्णय गएको गुलरिया नगरपालिकाका शिक्षा शाखा प्रमुख सतिश यादवले बताए । सबै विद्यालय जेठ २५ गतेबाट सञ्चालनमा आउने उनले जनाए । थप गर्मी भए पुनः विद्यालय बन्द गरिने शिक्षा शाखा प्रमुख यादवले जनाए । उनले भने, ‘गर्मी बिदालाई वर्षायाममा दिँदै आएको बिदाबाट मिलान गरिने छ ।’

जिल्लामा दिउँसोको तापक्रम ४२ डिग्रीदेखि ४३ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । ‘तातो हावा लु र अत्यधिक गर्मीले घर बाहिर निस्कने अवस्था छैन,’ स्थानीय ६८ वर्षीय हरिराम लोधले भने । ‘दिउँसो घर बाहिर निस्के कहाँ ढल्ने हो जस्तो हुन्छ,’ उनले भने, ‘तीस वर्ष पछिको यो गर्मी अत्यधिक हो ।’

शुक्रबार बर्दियाको तापक्रम ४३ डिग्री पुगेको छ । दिउँसो अत्यधिक गर्मी र तातो लुले जिल्लाको जनजीवन प्रभावित बनाएको छ । गर्मीले अत्यावश्यक कामबाहेक मानिसहरु घर बाहिर निस्केका छैनन् । कार्यालयमा सेवाग्राही पनि न्यून देखिएका छन् । गर्मीको असर सबैभन्दा बढी दैनिक ज्याला/मजदुरी गरी जीविका धान्ने वर्ग प्रभावित भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।