२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

काठमाडौंबाट विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ४ जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, जेठ १८, २०८१

(ABC-Sanchar)
काठमाडौँ । मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई बिहीबार ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका-२ घर भइ हाल काठमाडौंको अनामनगर बस्ने २२ वर्षीय विशाल रैका, कालिकोटको सान्नीत्रिवेणी गाँउपालिका-६ घर भइ काठमाडौंको कपन बस्दै आएका २६ वर्षीय नविन शाही, सान्नीत्रिवेणी गाँउपालिका-५ घर भइ हाल कपन बस्ने ३० वर्षीय रमेश बम र कालिकोटकै रास्कोट नगरपालिका-५ घर भई हाल काठमाडौंको नयाँबानेश्‍वर बस्ने २५ वर्षीय मुकुन्द शाहीलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।

नियन्त्रणमा आएका चारै जनालाई अनुसन्धान तथा कारबाहीका लागि शुक्रबार प्रहरी वृत्त नयाँबानेश्‍वर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता श्रेष्ठले सम्पूर्णमा अनुरोध गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]