२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

बाँकेमा अत्यधिक गर्मीले जनजीवन कष्टकर हुँदा विद्युत् सेवा अनियमित

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, जेठ १८, २०८१

(ABC-Sanchar)
बाँके । विद्युत्को माग बढी भएकाले ‘ओभरलोड’ हुँदा विद्युत् अनियमित हुनेलगायतका समस्या देखिएका नेपालगञ्ज विद्युत् वितरण केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले अत्यधिक गर्मी बढिरहेका अवस्थामा विद्युत्सँग सम्बन्धित समस्या देखिँदा थप समस्या भएको तर वितरण केन्द्रले तदारुकताका साथ तत्काल समस्या समाधानको पहल गरिरहेको बताए । उनले विद्युत् अनियमित हुन नदिन वितरण केन्द्रले चारवटा ‘सर्किट’ मार्फत विद्युत् आपूर्ति गरिरहेको उहाँले जानकारी दिऐ ।

‘हुरी तथा ओभरलोडका कारण हुने समस्या समाधानका लागि तत्काल मर्मतका काम गरिरहेका छौँ, बिग्रेका र पुराना ट्रान्सफर्मर बदल्न एक सय ५० नयाँ ट्रान्सफर्मर माग भरेका छौँ, त्यसपछि केही सजिलो हुनेछ । साथै विद्युत् अनियमित नहोस् भनेर भारतबाट समेत विद्युत् आपूर्ति गर्न स्विच जडान गरिएको छ’, उनले भने ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले विद्युत् अनियमितताको समस्या समाधानका लागि पहल गर्न भन्दै एउटा समिति बनाएको छ । अध्यक्ष टङ्कबहादुर धामीको संयोजकत्वमा गठित समितिले बिहीबार नेपालगञ्ज र कोहलपुर वितरण केन्द्रसँग लिखितरूपमा समस्या समाधानका लागि ध्यानाकर्षण गराउने, विद्युत् नियमित गर्नका अल्पकालीन र दीर्घकालीन समस्या समाधानका उपाय पहिचान गर्ने निर्णय गरेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *घटना विवरण:* नेपालगन्ज-जमुनाह नाका स्थित जमुनाहा मन्दिर पछाडि क्यारिङ्गको सामान लैजाँदै गरेकी एक महिलालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा महिलाले उल्टै प्रहरीलाई दाँतले टोकेर सामानसहित भागेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। *भिडियोमा देखिएको:* 1. सशस्त्र प्रहरीले महिलाको झोला/सामान समातेर सोधपुछ गर्दै गरेको 2. महिलाले एक्कासी प्रहरी जवानको हातमा दाँतले टोकेको 3. प्रहरी […]

दाङ । लामो समयदेखि दाङको घोराहीमा बसेर पत्रकारिता, साहित्य एवं सामाजिक अभियानहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका सबिन प्रियासनले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गर्नुभएको छ। घोराही बनाउ अभियानका संयोजक समेत रहनुभएका प्रियासनले पछिल्ला दिनहरुमा दाङ अनि घोराहीलाई बनाउने सवालमा विभिन्न सृजनशील अवधारणाहरू अगाडि सार्दै त्यही अनुसारका गतिविधिहरु गरिरहनु भएको छ । यही क्रममा उहाँले […]

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

error: Content is protected !!