(बिदुर एमसी)
दाङ । प्रगतिशील पत्रकार संघ नेपाल दाङ शाखाले शनिवार नेपाल पत्रकार महासंघ दाङ शाखामा तालाबन्दी गरेको छ ।
संगठनका जिल्ला अध्यक्ष महेश रिजालले घोराहीस्थित नेपाल पत्रकार महासंघको शाखा कार्यालयको गेटमा अनिश्चितकालिन तालाबन्दी गर्नुभएको हो । क्रियाशील पत्रकारहरुको सदस्यता नवीकरण तथा नयाँ सदस्यता दिने सवालमा भेद्भावपूर्ण व्यवहार गरिएको प्रगतिशील पत्रकार संघले आरोप लगाएको छ । आस्थाकै आधारमा सदस्यता नवीकरण नगरिएका पत्रकारहरुको सदस्यता नवीकरण गरिनुपर्ने, नयाँ क्रियाशील पत्रकारहरुलाई सदस्यता प्रदान गर्नुपर्ने र स्थानान्तरण गरिएका पत्रकारहरुको प्रस्तावित जिल्लाहरुमा कायम हुनुपर्ने संघले माग गरेको छ । यसैबीच प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य विदुर एमसीले पनि तालाकन्दीप्रति ऐक्यबद्धता जनाउनुभएको छ ।