(ABC-Sanchar)
काठमाडौं । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कलंकीस्थित सडकमा बा. ४ ख. ४५६८ नम्बरको बसको ठक्करबाट पैदलयात्री ६३ वर्षीया अम्बिका वाग्लेको शुक्रबार दिउँसो मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते कलंकी निवासी वाग्लेको नेपाल नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।